एपीएफ स्कुल कप फुटबल प्रतियोगिता सुरु, सैनिक आवासीयद्वारा दर्जन गोल

श्यामलाल लामा सैलुङअनलाइन
378 Shares
काठमाडौं

सातौँ नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगिता बुधवारबाट कीर्तिपुरमा सुरु भएको छ ।

नेपाल एपीएफ स्कुलद्वारा आयोजना गरिएको प्रतियोगितामा काठमाडौँ उपत्यकाका १७ विद्यालय र काभ्रेबाट एक गरी १८ विद्यालयहरूले प्रतियोगितामा भाग लिएका छन्।

लीग हुँदै नकआउट आधारमा सञ्चालन गरिने प्रतियोगितामा विद्यालयका प्रधानाध्यापक र विद्यालय समादेशकबाट समुद्घाटन गरिएको हो।

उद्घाटन खेलमा आयोजक नेपाल एपिएफ स्कुलले हारति शिक्षा मन्दिर स्वयम्भूलाई ७(० गोल अन्तरले पराजित गरेको थियो । जसमा नेपाल एपीएफ स्कुलका अविन बस्याल, रोहित गोले, डम्बर वि।क।, विवेक पश्चिमा थारुले एक-एक गोल, तेन्जिङ शेर्पाले दुई गोल र एक आत्मघाती गोल गरेका थिए ।

त्यसै गरी दोस्रो खेलमा सैनिक आवासीय महाविद्यालयले नाईटिङ्गल ईन्टरनेशनल स्कुललाई एक दर्जन गोल अन्तरले पराजित गरेको थियो । जसमा सैनिकको तर्फबाट उज्ज्वल राई ५ गोल, अफ्रेज अलि ३ गोल र दिपेश दुर्जन, कृष्ण थापा, अनुभव पुरी र दक्ष लामाले एक-एक गोल गरेका थिए । त्यस्तै नाईटिङ्गल तर्फबाट कुनै पनि गोल गर्न सकिएन ।

त्यसै गरी भोली बिहिवार ल्याब्रेटोरी माध्यमिक विद्यालय विरुद्ध डि.ए.भि. स्कुल र ग्रिन भिलेज एजुकेसन फाउन्डेसन विरुद्ध ब्लुम नेपाल स्कुल बिच प्रतिस्पर्धा हुने खेलकुद संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।

प्रतियोगिताबाट विजय हुने टीमलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक प्याकुरेलले बताए। यस्तै बेस्ट प्लेयर, बेस्ट किपर, बेस्ट मिडफिल्डर, बेस्ट स्ट्राइकर, अनुशासित टिम र सर्वाधिक गोल गर्ने खेलाडीलाई ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया