अस्ट्रेलियाका तामाङ समुदायले योञ्जनलाई चुनियो चोहो

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
602 Shares
अष्ट्रेलिया

अस्ट्रेलियामा तामाङ समुदायले बम योञ्जनलाई चोहो चुनिएको छ । परापूर्व कालमा तामाङ समुदायमा चोहो प्रणाली थियो । सोही अनुरूप योञ्जनलाई यहाँका समुदाय चोहो बनाएका हुन् ।

दक्षिण अस्ट्रेलियाको थेबारटन सभा हलमा तामाफ सोसाइटी अफ साउथ अष्ट्रेलियाद्वारा आयोजति ल्होछार समारोहमा योञ्जनलाई चोहो चुनिएका हुन् । उनलाई मेलबर्न राज्यकी बहु सांस्कृतिक तथा पर्यटन मन्त्री जोय ब्याटिसनले परम्परागत ‘रिङा’ लगाएर चोहोका रूपमा स्वागत गरिन् ।

चोहोको जिम्मेवारी पाएका योञ्जनले समाजको हित र आफ्नो कला संस्कृतिको जगेर्ना र प्रवर्द्धनमा लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

नेपालमा करिब लोप भइसकेको यो परम्परालाई अस्ट्रेलियामा पुनर्जीवित पार्न पाएकोमा स्थानीय तामाङ सोसाइटीका संरक्षक दीपक लामाले खुसी व्यक्त गरे ।

चोहोको चलन राणाकालसम्म समेत सक्रिय रहेको जानकारी दिँदै कार्यक्रम संयोजक धीरज तामाङले चोहोको मुख्य काम आफ्नो समुदायमा रहेका समस्या, पीडा, विवादलगायतमा समाधानको पहल गर्ने र अभिभावकको भूमिका निभाउने रहेको बताए ।

चोहो छानिएपछि तामाङ समुदायका सबैसँग आपसी सरसल्लाह गरेर तामाङ परिषद् निर्माण गर्ने बताइएको छ ।

यसै गरी तामाङ कोष खडा गर्ने, नेपाल तथा अस्ट्रेलियाको शिक्षा क्षेत्रमा काम गर्ने, समस्यामा परेका विद्यार्थीलाई सम्भव भएसम्म सहयोग गर्ने र छात्रवृत्तिको समेत व्यवस्था गरिने भएको छ ।

तपाईको प्रतिक्रिया