नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको सभापतिमा पुन बाबुलाल तामाङ निर्विरोध चयन भएको छ । बुधवार रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाको २८ औँ जिल्ला अधिवेशनबाट तामाङ निर्विरोध चयन भएको हो ।
१७ सदस्यीय पदाधिकारी रहेको रेडक्रसमा सभापति, महिला उप सभापति, उपसभापति, मन्त्री, कोषाध्यक्ष, उपमन्त्री, उपकोषाध्यक्ष एक/एक जना रहेका छन् भने महिला सदस्य ३ जना, खुल्ला सदस्य ७ जना निर्वाचित भएका छन् ।
यस्तै उपसभापतिमा निलनाथ आचार्य, महिला उपसभापतिमा देकि छोपो तामाङ घले, मन्त्री चूडामणि अधिकारी, कोषाध्यक्षमा दिनेशकुमार तामाङ, उपमन्त्रीमा राजकुमार घले, उपकोषाध्यक्षमा बलराम घिमिरे, महिला सदस्य पासाङ तामाङनि, सुशीला तामाङ, सार्की तामाङ, खुला सदस्य सुर्नुपु तामाङ, दशरथ देवकोटा, कृष्णप्रसाद देवकोटा, नुर्पु तामाङ, ऋषिश्वर पौडेल, कमल गुरुङ, लामा थार्चेन घले निर्वाचित भएका छन् ।
अधिवेशनको उद्घाटन समारोहमा रसुवा रेडक्रसको स्थापना कालदेखि यस संस्थामा आजीवन सदस्य रही निस्वार्थ रूपमा काम गरी जीवनको अन्त्यसम्म लागिरहनु हुने स्वर्गीय धुन्चे निवासी सोनाम साङबो तामाङ र छिरिङ ग्याम्जो तामाङलाई सम्झना स्वरूप सम्मान गरिएको नवनिर्वाचित सभापति बाबुलाल तामाङले बताए ।