अपहरणमा परेको भन्दै नाटक गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ६ जनालाई मङ्गलवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौँ चन्द्रागिरि नगरपालिका-१३ बस्ने विदुर बस्नेत, चितवन भण्डारा राप्ती नगरपालिका-५ का हाल काठमाडौँ नैकाप बस्ने दिलीप बिक, सर्लाही बर्हथवा नगरपालिका-६ का काठमाडौँ बालाजु बस्ने भोला महतो नुनिया, काभ्रे खानिखोला गाउँपालिका-१ बस्ने जगतबहादुर भोलान, काभ्रे बनेपा नगरपालिका-६ का ५३ वर्षीय कान्छामान जिम्वा र धादिङ थाक्रे गाउँपालिका-५ का काठमाडौँ कालीमाटी बस्ने आसमान लामा रहेका छन् ।
चन्द्रागिरि नगरपालिका-१३ पुरानो नैकापस्थित कंकाली पिस ब्याम्बो रिपोर्टको अगाडि मानिस अपहरण भएको भन्ने सूचनाको आधारमा तत्काल काठमाडौँ उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । साथै उक्त घटना अपहरण नभई लेनदेन कारोबार रहेको अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौँ पठाइएको छ ।