सुदूरपश्चिम प्रदेश सरकार ढलेको छ । बिहीबार मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत नपाएपछि सरकार ढलेको हो ।
३० दिन अर्थात् एक महिनामै विश्वासको मत नपाएसँगै मुख्यमन्त्री रावल पदमुक्त भएका छन् । २७ पुसमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो । तर, उक्त समय सीमाभित्र उनले विश्वासको मत पाउन सकेनन् ।
नागरिक उन्मुक्तिका सातै जना सांसद अनुपस्थितसँगै मुख्यमन्त्री रावलले विश्वासको मत पाउनबाट वञ्चित रहे ।
उनीहरूलाई फकाउन गठबन्धनका दलका नेताहरू छलफलमा रहे पनि असमर्थ रहे । नाउपाले रेसम चौधरीसहितको रिहाइको माग गर्दै आएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1