कुलेखानी तामाङ समाजले सोनाम ल्होछार मनाउने तयारी पूरा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
77 Shares
मकवानपुर

कुलेखानी तामाङ समाजको आयोजनामा तेस्रो सोनाम ल्होछार विशेष सांस्कृतिक कार्यक्रम तथा शान्ति पूजाको तयारी पूरा भएको छ ।

मकवानपुरको ईन्द्रसरोबर गाउँपालिको प्रायोजनमा  शनिवार माघ २८ मा  टोड्के चौरमा हुने कार्यक्रमको तयारी पूरा भएको हो ।

ईन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष देवकृष्ण पुडासैनीको प्रमुख अतिथि र उपाध्यक्ष उमाकुमारी लामाको विशेष अतिथि रहने छ ।

स्थानीय पर्यटन प्रवर्द्धनको लागि सांस्कृतिक पर्व ल्होछारलाई आ-आफ्नो घर आँगनमा मनाउने उद्देश्यले कार्यक्रमको तय भएको समाजका अध्यक्ष बिरेन गोले तामाङले जानकारी दिए ।

लामा गुरुबाट शान्ति पूजा एवं सांस्कृतिक नाचगानसंगै कार्यक्रम हुने अध्यक्ष गोले तामाङले बताए । माघ महिना भरिनै हुने  ल्होछार सांस्कृतिक कार्यक्रमले गाउँ ठाउँमा आम तामाङ समुदायमा जागरण ल्याउने उनले बताए ।

ल्होछार विशेष बृहत् सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन यस पटक गायक तथा सङ्गीतकार सञ्जीव वाइबा, गायिका निर्मला घिसिङ, प्रकाश तितुङ, अशोक तामाङ, रवीन्द्र लामा र तबु वाइबा लगायतको साङ्गीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

त्यस्तै, सिजी ब्रुअरी नेपालको सह-प्रायोजनमा कार्यक्रममा लामा, बोन्पो, ताम्बा लगायतको झाकी प्रदर्शनी हुने छ ।

कार्यक्रममा पालिकाको ५ वडाबाटै नृत्य प्रस्तुतिको लागि टिम सहभागी हुने, झाँक्री (बोन्पो), लामा, ताम्बा, गान्बा, तामाङ भेषभुषा, डम्फुरे टिमको सहभागिता रहने छ। कार्यक्रम अवधिभर मौलिक खानाका परिकार सहित अन्य खानाको स्टल, तामाङ मौलिक भेसभुसा स्टल रहने आयोजकले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका