कालिका गाउँपालिका राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
84 Shares
धुन्चे,रसुवा

कालिका गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ सुरु भएको छ ।

शुक्रबारबारबाट रसुवाको कालिका गाउँपालिका वडा नम्बर २ को कालिका हिमालय माध्यामिक विद्यालयको खेलमैदानमा प्रतियोगिता सुरु भएको हो ।

पालिकास्तरीय प्रतियोगितामा आधारभूत तहका कक्षा ६ देखि ८ र माध्यमिक तहका कक्षा ९ देखि १२ सम्मका विद्यार्थीहरूले विभिन्न कार्यक्रममा भाग लिएका छन् ।

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरूले विभिन्न प्रस्तुति सहित मार्च पास गरेका थिए । विद्यार्थीहरूले मार्च पासमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय झण्डा समेत लिएका हुन् ।

उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकोटाले प्रतियोगिताको सफलताको शुभकामना समेत दिएको छ ।खेलकुदलाई विद्यालयको तल्लो तहबाटै प्राथमिकता दिएमा विद्यार्थीको सिर्जनात्मक अभ्यास बढ्ने र सामाजिक सञ्जालको दुरुपयोगमा पनि कमी आउने उनको भनाई थियो ।

कार्यक्रममा कालिका गाउँपालिकाका अध्यक्ष हरि कृष्ण देवकोटा, उपाध्यक्ष मिरा तामाङ,प्रमुख प्रशासकीय अधिकृत शीतलबहादुर रावल , वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, विभिन्न विद्यालयका प्र।अहरु र विद्यार्थीहरूको सहभागिता रहेको छ ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले पालिकास्तरीय प्रतियोगितामा भाग लिने शाखा प्रमुख कुमारी सरिता जोशीले बताइन् ।

कार्यक्रम २९ गते समापन हुने छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका