रिगसुम गोन्पा सेवा समाजको दानपति सम्मान कार्यक्रम सम्पन्न

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
काठमाडौं

शैलुङ रिगसुम गोन्पा सेवा समाजको दानपति सम्मान कार्यक्रम सम्पन्न भएको छ । सम्मान कार्यक्रम टुल्कु लोसाङ नाम्ग्याल रिन्पोछेको प्रमुख आतिथ्यतामा नाम्ग्याल ज्याङ्छ्युब छ्योलिङ गुम्बा तिनचुलीमा सम्पन्न भएको हो ।

कार्यक्रममा समाजद्वारा दोलखा र रामेछाप जिल्लाको संगमस्थल शैलुङ डाँडामा निर्माणाधीन बोधिचैत्य (ज्याङछ्युप छ्योर्तेन) का लागि १५ हजारदेखि ५० हजारसम्म आर्थिक सहयोग प्रदान गरेका दाताहरूलाई रिन्पोछेले सम्मानपत्रद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा समाजसेवी टासीकुमार लामाले सैलुङमा छ्योर्तेन निर्माण सम्पन्नले समाजले आफ्नो स्थापनासँगै सैलुङमा छ्योर्तेन निर्माण उद्देश्य राखेकोमा त्यो उद्देश्य सम्पन्न भएको बताए । उनले निर्माणाधीन छ्योर्तेनमा बौद्धका पुराना इट्टा मूर्ति लगायत महत्त्वपूर्ण सुङ राख्न सफल भएकोले सैलुङ छ्योर्तेन बौद्ध स्तुपा जतिकै महत्त्व रहेको उल्लेख गरे ।

त्यसै गरी समाजसेवी लाक्पा ठिन्ले शेर्पाले विषम परिस्थितिमा समेत समाजले छ्योर्तेन बनाउन सफल भएकोमा गर्वानुभूति र सैलुङमा धार्मिक पर्यटन प्रवर्द्वन हुने बताए ।

समाजका अध्यक्ष शेरप शेर्पाले निर्माण सम्पन्न छ्योर्तेनको यही फागुन १६ र १७ गते परम पावन गुरु क्याब्जे सेचेन रब्जाम रिन्पोछेको सानिध्यतामा धार्मिक अनुष्ठान सहित ह्राब्ने हुने बताए । अध्यक्ष शेर्पाले यो दोस्रो चरणको सम्मान कार्यक्रम भएकोले सहयोगी दाताहरूलाई चरणबद्ध रूपमा सबैलाई सम्मान गर्ने जानकारी दिए ।

समाजका अध्यक्ष शेरप शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रम समाजका महासचिव कुमार थोकरले सञ्चालन गरेको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया