सात करोडको लगानीमा रसुवा पारच्याङमा ग्रामीण अस्पताल निर्माण हुँदै

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
49 Shares
धुन्चे,रसुवा

दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकाको पारच्याङमा स्थानीय जनताको उपचारलाई सहज बनाउन ७ करोड ११ लाख रुपैयाँको लागतमा ग्रामीण अस्पतालको भवन निर्माण हुने भएको छ ।

सदरमुकाम धुन्चेबाट १६ कोष पश्चिम पारच्याङ क्षेत्रका स्थानीयहरू कुनै किसिमको रोग लाग्दा नुवाकोटको त्रिशूली अस्पताल र काठमाडौँको अस्पतालहरूमा धाउनुपर्ने बाध्यता हटाउने भएको छ ।

यस भेगमा ग्रामीण अस्पताल निर्माण हुने भएपछि स्थानीयलाई राहत मिल्ने नौकुण्ड गाउँपालिकाको अध्यक्ष नुर्पुसाङवो घलेले बताए ।

अध्यक्ष घलेका अनुसार सरकारी अनुदान अन्तरगत बोलपत्र आह्वानको माध्यमबाट त्यति रकममा अस्पताल निर्माण हुन लागेको हो ।

सामान्य औषधि वितरण, घाउ खटिरा लगायतका रोगहरू मात्रैको उपचार गराउन स्वास्थ्य चौकी रहेको यस ठाउँमा ग्रामीण अस्पताल निर्माण हुने भएपछि स्थानीय जनता हर्षित भएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया