फोटोग्राफरबाट निर्देशनमा कुवेर तामाङ‚ नयाँ म्युजिक भिडियो ‘पछ्यौरीको फर्को’ सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
574 Shares
काठमाडौं

फोटोग्राफर कुवेर तामाङद्वारा निर्देशित नयाँ म्युजिक भिडियो ‘पछ्यौरीको फर्को’ सार्वजनिक भएको छ। राज केसी र जेसिका केसीको स्वरमा रहेको भिडियो हालै सार्वजनिक भएका हुन् ।

म्युजिक भिडियो निर्देशनमा समेत व्यस्त रहेका तामाङको एकपछि अर्को निर्देशन भिडियोहरू सार्वजनिक हुन थालेका छन् । फोटोग्राफर तामाङको पछिल्लो निर्देशन भिडियोसँगै एक दर्जन बढी भिडियोमा निर्देशन गरिसकेको छ ।

फोटोग्राफीबाट निर्देशनमा होमिएका तामाङले भने‚‘नयाँ प्रोजेक्टहरू लाइनमा छन्‚ नेपाली लगायत तामाङ भिडियोहरू निर्देशन गर्ने तयारीमा छु ।’

माया पिरतीको भावमा प्रस्तुत गीतमा एक आपसमा माया लाएपछि यो जुनीमा सँगै जिउने र संसार नै एउटै रहेको हुन्छ‚ गीतले भनिएको छ । मोडल संजित भण्डारीको मुख्य अभिनय रहेको भिडियोमा मोडल कञ्चन चालिसे र प्रार्थना शङ्कर र अबकति परियारले दिएका छन् ।

नायक संजित अभिनीत आँधी तुफान-२ सहरका विभिन्न हलहरूमा प्रदर्शन भइरहेको छ । नेपालमा एकै चलचित्रबाट अभिनयमा सर्वाधिक अवार्ड जित्ने नायकको पछिल्ला म्युजिक भिडियोहरू सफल भएका छन् ।

ह्यारी महर्जन र दिपशन डङ्गोलको छायाङ्कन रहेको भिडियोलाई सञ्जय अधिकारीले सम्पादन गरेका छन् ।

सनिश परियारको शब्द र सङ्गीतमा तयार गीत रमेश सुवेलीले कम्पोज गरेका हुन् । गीतलाई अर्जुन थापाले एरेन्ज गरेका थिए भने मनबहादुर बरालले मिक्सिङ गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया