रसुवाको कालिका गाउँपालिकामा रक्तदाता समाज गठन गरी अध्यक्षमा तारा कार्की चयन भएको छ ।
नेपाल स्वंयसेवि रक्तदाता समाज रसुवा जिल्ला शाखाको अध्यक्ष प्रमिला लामाको अध्यक्षतामा आयोजित उक्त भेलाले तारा कार्की को अध्यक्षतामा ९ सदस्य कार्य समिति चयन गरिएको हो ।
उपाध्यक्षमा चन्द्रबहादुर तामाङ, सचिव हेमनाथ खतिवडा, कोषाध्यक्षमा बिराज तामाङ लोप्चन रहेका छन् ।
सदस्यहरूमा झंकनाथ न्यौपाने, डिल्लीकुमार देवकोटा, उमेश न्यौपाने, सुमित्रा सापकोटाको टोली नेपाद स्वंयसेवि रक्तदाता समाज कालिका गाउँपालिका कार्य समिति गठन गरिएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रसुवा सहभागीहरूबिच छलफलमा १७२ पटक रक्तदान गरेका स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं स्वयंसेवी शतक रक्तदाता प्रेमसागर कर्माचार्यले हाम्रो शरीरमा आफै मर्ने रगत दान गरेर मानव जीवन बचाउन धेरै सहयोग पुग्ने र रक्तदानको महत्त्वबारे प्रकाश पारेका थिए ।