घुस लिएको अभियोगमा मुद्दा दायर

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं
सांकेतिक तस्वीर

कअख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति मित्र माध्यमिक विद्यालय चाबहिलका प्रधानाध्यापकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार सहायक प्रधानाध्यापक घनश्यामराज काफ्ले, सहायक प्रधानाध्यापक भरतविक्रम बिसी, लेखापाल बद्रीप्रसाद पराजुलीललगायतले विद्यालयको क्यान्टिन निर्माण सम्पन्न भएपश्चात् मूल्याङ्कन गरी रकम निकासा गर्ने प्रयोजनका क्रममा घुस मागेको आरोप लागेको छ ।

उनीहरुले सेवाग्राहीसँग १ लाख ५० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा केही दिन पहिले पक्राउ गरेको थियो । उनीहरुलाई बिगो बमोजिमको कारवाहीको माग गर्दै मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । यस्तै आयोगले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी जवान गम्हिरा साह तेलीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जवान तेलीले एक मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग पाँच हजार रूपैयाँ घुस लिएको आरोप लागेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका