अवैध लागू औषधसहित पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
काठमाडौं

सुनसरी: अवैध लागू औषध गाँजा करिब ३ सय ५० केजीसहित गाडी चालक र सहचालक आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

देवानगंज गाउँपालिका-६ स्थित सडकमा को १ ज १६६१ नम्बरको पिक अप गाडीबाट धरान उपमहानगरपालिका-१६ सरस्वती चोक बस्ने २७ वर्षीय पूर्णबहादुर राई र सहचालक विजय राईलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय देवानगंज, प्रहरी चौकी कप्तानगंज र अस्थायी प्रहरी चौकी रासीबाट खटिएको संयुक्त टोलीले उक्त गाडी तलासी गर्दा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागू औषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

भक्तपुर: भक्तपुर नगरपालिका-२ सानोव्यासीबाट अवैध लागू औषध पोल्यान्ड करिब १ केजीसहित काभ्रे रोशी गाउँपालिका-१० घर भई हाल भक्तपुर सल्लाघारी बस्ने २४ वर्षीय पेम्बा छेयफेल तामाङसमेत २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सल्लाघारीबाट व्यासीतर्फ आउँदै गरेको बागमती प्रदेश-०२-०१९ प ८८२० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागू औषध सहित फेला पारी पक्राउ गरेको हो ।

मकवानपुर: हेटौँडा उपमहानगरपालिका-६ गौरीटारबाट अवैध लागू औषध गाँजा करिब २ केजी ९ सय ग्राम र नियन्त्रित लागू औषध नाईट्राभेट ३० ट्याब्लेटसहित सोही ठाउँ बस्ने ३२ वर्षीय भीम राउतलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौघडाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

नवलपरासी (पूर्व): मध्यबिन्दु नगरपालिका-१५ गडारखोलास्थित सडकबाट अवैध लागू औषध ब्राउन सुगर २ सय ७० मिलिग्रामसहित कपिलवस्तु वाणगंगा नगरपालिका-७ बस्ने २३ वर्षीय लक्ष्मण थारुसमेत २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लु २ ख ४७७० नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका