आन्दोलनरत यातायात मजदुर व्यवसायी र सरकारबिच वार्ता सुरु भएको छ। ट्राफिक जरिवाना बढाइएकोलगायत १० बुँदे मागसहित आन्दोलनमा उत्रिएका मजदुरसँग सरकारले सिंहदरबारमा वार्ता सुरु गरेको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा मन्त्रालयमै वार्ता सुरु भएको छ ।
ल्होत्सेले गोङ्गबुस्थित नयाँ बसपार्कमा ‘गुन्डा’ हरूको अखडा बनाएको आरोप व्यवसायीको छ । गाडी चलाउने मजदुरलाई कुट्ने, चर्को शुल्क उठाउने गरिएको व्यवसायीको भनाइ छ ।
अखिल नेपाल स्वतन्त्र मजदुर सङ्गठनका अध्यक्ष भीम ज्वालाले आन्दोलन ल्होत्सेविरुद्ध मात्र नभई उपत्यका ट्राफिक प्रहरीहरूविरुद्ध पनि भएको बताए ।
वार्तामा मन्त्रालयका सचिव, ट्राफिक प्रहरी प्रमुख मीरा चौधरी लगायतको सहभागिता छ । यस्तै यातायात व्यवसायी, मजदुर सङ्गठनहरूको समेत उपस्थिति छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1