अनेरास्ववियुको २३ औँ सुरु, अध्यक्षका लागि लामिछाने र बडालबिच प्रतिस्पर्धा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
काठमाडौं

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २३ औँ राष्ट्रिय महाधिवेशन आजबाट काठमाडौँमा सुरु भएको छ ।

‘निःशुल्क शिक्षा, स्वास्थ्य र पूर्ण रोजगार समृद्ध नेपाल निर्माणको आधार- गतिशील सङ्गठन र स्ववियु निर्वाचन हाम्रो सरोकार’ भन्ने नाराको साथ महाधिवेशन ४ गतेसम्म चल्नेछ ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ड्रोनमार्फत गरेका छन् । अध्यक्ष ओलीले ड्रोनमार्फत अनेरास्ववियुको झन्डा र पुष्प गुच्छाले स्वागत गरेका थिए ।

तीन दिनसम्म चल्ने महाधिवेशनबाट १९९ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ । त्यस्तै तीन वटा आयोगहरू (लेखा, अनुशासन र निर्वाचन) समेत चयन गर्नेछ । देशभरबाट १५७३ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनबाट आगामी २ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।

अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने र महासचिव समिक बडालबिच प्रतिस्पर्धा हुनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका