अखिल महाधिवेशन : सहमति नभए मतदान, अध्यक्षमा चार जनाको दाबी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र स्वतन्त्र मञ्च (अनेरास्वियु) को २३ औँ  महाधिवेशनबाट आज मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने भएको  छ ।

अनेरास्वियुले सहमतिबाट नेतृत्व चयन हुन नसकेमा मतदान प्रक्रियाबाट नयाँ नेतृत्व चयन गर्ने घोषणा गरेको हो ।

सहमतिबाट नेतृत्व चयन हुन नसकेमा विद्युतीय मतदानबाट नेतृत्व चयन गर्ने गरी प्रबन्ध मिलाइएको छ ।

महाधिवेशनमा सहभागी हुन देशभरिबाट १०८० प्रतिनिधि आएका छन् । महाधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति तथा तीन वटा केन्द्रीय आयोग पनि निर्माण गर्नेछ । प्रत्येक आयोगमा ५–५ जना सदस्य हुनेछन् ।

चार जनाको दाबी

अखिलको भावी नेतृत्व अध्यक्षमा आरसी लामिछाने, समिक बडाल, लोकेश निरौला र मोती विकको दाबी छ । लामिछाने वरिष्ठ उपाध्यक्ष तथा निरौला र विक उपाध्यक्ष हुन् भने बडाल महासचिव हुन् । मुख्य प्रतिस्पर्धा लामिछाने र बडालबीच हुने देखिएको छ । उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । ३ महिला, १ समावेशी र ६ खुला सचिव गरी १० सचिव छनोट हुनेछन् । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी गठन गर्नेछ ।

अध्यक्ष मण्डल गठन

पूर्वअध्यक्ष भानुभक्त ढकालको अध्यक्षतामा ९ सदस्यीय अध्यक्ष मण्डलको घोषणा गरिएको हो । जसमा, विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोर विक्रम मल्ल, नबिना लामा, ऐन महर र सुनिता बराल रहेका छन् ।

यो पनि

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया