रसुवाका तामाङ सम्पदा मार्ग : व्यवस्थापन र सुधारको खाँचो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
483 Shares
धुन्चे,रसुवा

नेपालको तेस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको रसुवामा अवस्थित तामाङ सम्पदा मार्गको व्यवस्थापन र चुनौतीहरूमा सुधारको खाँचो रहेको छ ।

लाङटाङ क्षेत्रमा पर्ने तामाङ सम्पदा मार्ग एक दशक अघि तत्कालीन जिल्ला विकास समितिको समन्वयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्डको सहजीकरणमा डिएफआईडि ( dfid) युएनडिपी (undp) एसएनभि (snv) को सहयोगमा सञ्चालन गरिएको थियो । टिआरपिएपि कार्यक्रमले निर्माण तथा विकास गरिएको ट्रेल काठमाडौँ देखि स्याफ्रुबेसि, गोल्जुङ, पार्वती कुण्ड, चिलिमे थाम्बुचेत, तातोपानी, नागथलि, तरूचे, भ्युप्वाइन्ट, थुमन, टिमुरे लिङलिङ र बृद्विम हुँदै स्याफ्रुबेसि अन्तिम केन्द्रबिन्दु रहेको मार्ग ८ दिनमा पूरा गर्न सकिन्छ। उक्त गन्तव्य तथा ट्रेलबाट लाङटाङ ट्रेक र रूविभ्यालि ट्रेकिङ ट्रेलसँग पनि जोड्न सकिन्छ ।

विभिन्न सांस्कृतिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण स्थलहरू हेर्न र महसुस गर्न सकिने तामाङ सम्पदा मार्गमा भूकम्पअघि वर्षमा अक्टोबर, नोभेम्बर र मार्च अप्रिल महिनामा प्रत्येक दिन २ सय देखि २५० जनासम्म पर्यटकहरू यात्रा गर्दथे । जब भूकम्प २०७२ मा आयो त्यसपछि केही समय यो पदमार्गहरूमा सङ्कट नै आइपरेको थियो । यहाँका मानव निर्मित संरचनाहरू भूकम्पले ध्वस्त भए पनि प्राकृतिक सम्पदाहरू प्रत्यक्ष रूपमा अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटक पुन फेरि विश्वव्यापी रूपमा फैलिएको कोरोना ले ठुलै चुनौती दियो।

तामाङ सम्पदा मार्गमा एकपछि अर्को समस्याहरू थप्दै गएका छन् । जसमा स्थानीय सरकार लगायत सम्बन्धित निकायहरूले यसलाई कसरी व्यवस्थापन तथा नमुना बनाउन र संरक्षण गर्न सकिन्छ भन्ने विषयमा खासै चासो दिएका छैन । प्रचारप्रसारमा ध्यान नदिनुले पनि हाल तामाङ हेरिट्रेज ट्रेल हिजोको समयमा नेपालको नयाँ गन्तव्यहरूमध्ये एक नमुनाको रूपमा प्रख्यात भएर पनि यस्तो सानो तिनो कारणहरूलाई ध्यान नदिँदा तामाङ सम्पदा मार्ग अ‍ोझेलमा परिरहेको छ ।

भूगोलका सम्बन्धित सरोकारवाला निकाय तथा व्यक्तिहरूको एउटै आवाज बनाई पहिचान मूलक बनाएर थप प्रचारप्रसार तथा प्रवर्द्वनमा जोड दिनुका साथै पर्यटन व्यवस्थापन गुणात्मक र स्वास्थ्य प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न तर्फ अगाडि बढाई पहिचान मुखी तथा ऐतिहासिक सम्पत्तिहरूको संरक्षण र संवर्द्धनमा जोड दिनुपर्ने देखिन्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0

तपाईको प्रतिक्रिया