बाँकेमा गाई काटेको आरोपमा तीन मुसलमान पक्राउ

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

गाई काटेको अभियोगमा बाँके प्रहरीले तीन जना मुसलमानलाई पक्राउ गरेको छ । बाँके खजुरा- ७ बढुवाको खेतमा बुधबार राति गाई काटेको सूचनाको आधारमा ती तीन जना मुसलमानलाई इलाका प्रहरी कार्यालय धनौलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सल्मान खाँ, वर्षाती खाँ र सरिफ खाँ रहेका छन् भने एक जना फरार रहेका छन् । राति गाई काटिरहेको भन्ने सूचना आएपछि धनौलीबाट प्रहरी टोली त्यसतर्फ गएको थियो । इलाका प्रहरी कार्यालय, धनौलीका प्रहरी निरीक्षक पोषण थपलियाले भने ‘प्रहरी पुग्दा गाई काटेर घरघरमा मासु लगिसकिएको थियो ।’

तीन जनाको घरबाट मासु बरामद गरिएको प्रहरी निरीक्षक थपलियाले जानकारी दिए । तीन जनाको घरबाट ५० किलो गाईको मासु बरामद भएको बताउँदै घटनास्थलमा गाईको टाउको र खुट्टा फेला परेको उनले जानकारी दिए । निरीक्षक थपलियाले पक्राउ परेका तीनै जनाविरुद्ध गौहत्या अभियोगमा मुद्दा दायर गरिने बताएका छन् । उनले फौजदारी संहिता, २०७४ को परिच्छेद २७ अनुसार कारवाही हुने बताए ।

सो परिच्छेदमा गाई/गोरु मार्न वा कुट्न नहुने व्यवस्था गरिएको छ । यदि कसैले गाई/गोरु मारेमा वा कुनै नियतले चोट पुर्याउने काम गरेमा त्यस्तो कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र अङ्गभङ्ग पारेमा छ महीनासम्म कैदको व्यवस्था छ । गाई/गोरुलाई चोट पुर्याएमा ५० हजार रुपैयाँसम्म जरिवाना र हत्या गरेमा कैद सजाय र जरिवाना दुबै सजाय हुनसक्ने व्यवस्था छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका