राजनीतिमा जस्तो फोहोरी काम प्रतिष्ठानबाट हुनेछैन र गर्ने छैनौँ : नवनियुक्त कुलपति हार्तम्छाली

सबिता घिसिङ संवाददाता
301 Shares
काठमाडौं

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान (नाफा) का नवनियुक्त कुलपति नारदमणि हार्तम्छालीले प्राज्ञ सबैको साझा रहने बताएका छन् ।

बिहिवार नाफाको सभाहलमा नव नियुक्त उपकुलपति, परिषद् सदस्य र प्राज्ञसभा सदस्यहरूको शपथ ग्रहण गर्दै कुलपति हार्तम्छालीले सम्पूर्ण पदाधिकारीले दत्तचित्त भई काम गर्नुपर्ने बताएका हुन्।

‘राजनीतिमा जस्तो फोहरी काम प्रतिष्ठानबाट हुनेछैन र गर्ने छैनौँ ’, कुलपति हार्तम्छालीले भने, ‘कलाको विकास र संरक्षणको लागि आगामी कार्ययोजनाहरु आपसी छलफल, समानता र साझेदारीमा हुनेछ ।’ उनले कलाको संवेदनशील कार्यलाई सबैले भावनामा नडुबेर प्रशासनिक रूपमा काम गर्नु पर्ने बताए।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान ऐन, २०६४ को परिच्छेद ३ को दफा ७ बमोजिम नयाँ पदाधिकारी नियुक्त गरिएको हो।

उपकुलपति लालकाजी लामा, सदस्य सचिव देवेन्द्रकुमार काफ्ले, परिषद् सदस्यहरू पाल्साङ्मो लामा, प्रदीप अधिकारी (सुशान्त), सौरगंगा दर्शनधारी, सञ्जय वान्तवा, दिनेश्वर महतो, अरुणा हिङमाङले कला र देशको निम्ति शपथ ग्रहण गरेका छन्।

यसै गरी प्राज्ञ सदस्यहरू नरेन्द्र भण्डारी, लालमान लामा, अशोक लामा, झिग्मे लामा, सङ्गी श्रेष्ठ, वासुदेव श्रेष्ठ, प्रदीप शाक्य, सुन्दर सिंखवाल, निरिमाया लामा, चन्द्रकुमार राई, महेन्द्र सुनार, राधिका कँडेल, अजमत अली, जुपिटर प्रधान र कृष्णप्रसाद शाहले पनि पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्राज्ञ सभाका लागि ललितकलाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरेका वा सो विधामा ख्याति प्राप्त व्यक्तिहरू मध्येबाट सबै जाति, लिङ्ग, भाषाभाषी समेतलाई समेटिएको नाफाले जनाएको छ ।

तेस्रो प्राज्ञ परिषदका निवर्तमान कुलपति के के कर्मचार्यको चार वर्षे कार्यकाल गत पुष १५ गते पूरा भएको थियो।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका