अखिलको अध्यक्षमा समिक बडाल निर्वाचित

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
161 Shares
काठमाडौं

अनेरास्ववियुको २३ औ महाधिवेशनबाट अध्यक्षमा समिक बडाल निर्वाचित भएको छ। शुक्रवार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार निकटतम प्रतिद्वन्द्वी आरसी लामिछानेलाई पराजित गर्दै बडाल अध्यक्षमा निर्वाचित भएको हो । बडालले ९ सय ६२ र लामिछानेले ३ सय ५६ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा गोविन्द गिरीले ७६३ मत‚ नारायण घर्ती ७५१‚ मर्यादा विष्ट ६७५ र धर्म गिरी ५०१ मत ल्याएर निर्वाचित भएका छन्।

महासचिवमा नरेश रोकाया ७ सय ३३ मत प्राप्त गरी विजयी भएको प्रमुख निर्वाचन अधिकृत कुमारप्रसाद खकुरेलले जानकारी दिए ।

यसै गरी सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनीता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित भएका छन् ।

निर्वाचनबाट आगामी दुई वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् ।

महाधिवेशनमा १५ सय ८८ प्रतिनिधि मध्ये १५ सय १७ मत खसेको थियो ।

तपाईको प्रतिक्रिया