भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको “नेशनल रोड सेफटी काउन्सिल नेपाल” को आयोजना, बर्दीबास नगरपालीकाको सहयोग, नासा नेपालको संयोजन तथा नेशनल एलायन्स फर सेफ एण्ड सस्टेनेबल मोबिलिटी नेपालको सहकार्यमा सडक सुरक्षा सम्बन्धी प्रदेश स्तरीय जनचेतनामुलक कार्यक्रम यहि फागुन ५ गते बर्दीबासमा सम्पन्न भएको छ ।
मधेश प्रदेशका पेशागत, व्यवसायिक तथा सामाजिक क्षेत्रका १०० बढीको सहभागीता रहेको सो कार्यक्रममा प्रदेशकै पूर्वाधार निति, कार्यक्रम तथा सुरक्षीत यातायातको लागी विभिन्न कार्यपत्रहरुमा छलफल भएको थियो ।
सो कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माननीय शारदा थापा, ट्राफीक इन्सपेक्टर उदय सीन्जापती, ई. आयुष श्रेष्ठ, इ. सुयोग खनाल, नासा नेपालका सचिव सन्तोष न्यौपानेले आफ्नो धारणा तथा प्रस्तुती राखेका थिए ।
कार्यक्रमका प्रमुख अतीथीका रुपमा उपस्थित मधेश प्रदेशका सडक पूर्वाधार तथा यातायात मन्त्री सरोज यादवले सडक र यातायातको क्षेत्रमा नयाँ ढंगले अगाडी बढ्ने प्रतिवद्धता ब्यक्त गरे ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु, पालिकाका प्रतिनिधीहरु,रेडक्रस, उद्योग वाणिज्य संघ, इन्जिनियरिङ्ग, मेडिकल तथा यातायात क्षेत्रका प्रतिनिधीहरु, पर्यटन व्यवसायी, स्कूल तथा कलेजका संचालकहरु, सामाजिक अभियन्ता, सडक प्रयोगकर्ता र दुर्घटना पिडित परिवारको सहभागीता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सन्तोष न्यौपानेको संयोजकत्वमा प्रदेश स्तरीय एक कार्य समूह गठन गर्दै देहायअनुसारको बर्दीबास घोषणापत्र जारी गरियो ।
नेपाल सरकारले प्रतिवद्दता व्यक्त गरेको सन् २०३० सम्ममा सडक दुर्घटना र यसबाट हुने हताहती तथा घाइतेको संख्या आधा घटाउने लक्ष्यलाई, मधेश प्रदेशको सरकार, पालिका तथा नागरिक समुदायबाट साथ सहयोग तथा समर्थन व्यक्त गरियो,
यूवाहरुको अकाल मृत्युको मुख्य कारण बनिरहेको मोटरसाइकल दुर्घटनाको क्षति न्यूनिकरण गर्न गुणस्तरीय हेल्मेट चालक तथा पछाडी बस्नेले पनि लगाउने व्यवस्था कार्यन्वयन हुनु पर्ने,
नागरिक तथा पेशागत समूदाय, उपभोक्ता तथा विज्ञहरु समेतको सहभागीतामा प्रदेश स्तरिय रोड सेफ्टी काउन्सील गठन गर्नुपर्ने,
पालिका तह र प्रदेश सकरकार बाट सडक पूर्वाधार र सुरक्षित यातायातमा पर्याप्त बजेट छुट्टाइनुपर्र्ने,
मधेश प्रदेशका ड्राइभिङ्ग स्कूलको स्तर उन्नति र हेभी ड्राइभिङ्ग स्कुलमा सरकारको आवश्यक निति तथा बजेटको व्यवस्था हुदाँ मात्र दक्ष चालक तयार भइ दुर्घटना न्यूनिकरण, प्राविधिक जनशक्ति मार्फत थप रोजगारी को सृजना हुनेमा सहभागीको ठहर गरियो,
स्टार रेटिङ्ग रोड, स्टार रेटिङ्ग भेहिकल र स्टार रेटिङ्ग स्कूलको लागी पेशागत समूदायले समेत सरकारसँग सहकार्य गर्नुपर्ने,
प्रदेशका अधिकांस शहरहरुमा अटोल्याण्डको व्यवस्था गरी र बसको बडीको गुणस्तरयितामा ध्यान दिदाँ मात्र भेहिकल सेफ्टीमा प्रत्यक्ष योगदान पुग्नेमा सम्पूर्ण सहभागीहरु सहमत भइयो,
यातायात क्षेत्रका श्रमिकहश्ररुलाई रोजगारी, बृद्दिविकास, सामाजिक र आर्थिक सुरक्षा तथा बिमा लगायतले ध्यान दिनुपर्ने,
दुर्घटनाका घाइतेकाृ उद्दार, उपचार र पुर्नस्थापनका लागी रणनितिक योजना बनाउनु पर्ने ठहर गरियो,
साइकल लेन, फुटपाथ, तथा व्हील चियर यूजर लगायत सबैखाले यात्रुको सुरक्षीत र भयरहित यात्राको लागी पुर्वाधार निर्माणमा ध्यान धिनुपर्ने,
सार्वजनिक यातायातको व्यवस्थापन, गुणस्तरियता र सुरक्षामा ध्यान दिइयोस् जसले समग्र मोबिलिटी सिस्टमलाई मद्दत पुर्याउनेछ ।
मधेश प्रदेशको कुनै एक नगरक्षेत्रमा Intelligent Transport System को अध्ययन गर्नुपर्ने,
विद्यालय तहबाटै सडक सुरक्षाको तालिम तथा कार्षलाई सच्चालन गर्न प्रतिबद्दता व्यक्त गरियो ।
प्रदेशको दिगो पर्यटनको लागी दिगो सडक र सुरक्षीत यातायात बनाउनुपर्नेमा सम्पूर्ण सहभागी समान धारणा रहयो ।