संघीय सरकारका तीन मन्त्रालयले विद्यालय तहमा अध्ययन गर्ने छात्रालाई निःशुल्क प्याड वितरण गर्ने तयारी गरेका छन् ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयको समन्वयमा यससम्बन्धी नयाँ नीतिको मस्यौदा अन्तिम चरणमा पुगेको जनाएका छन् ।
नीति कार्यान्वयनको जिम्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई दिइएको आज काठमाडौंमा आयोजित कार्यक्रममा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिए । उनले नयाँ नीति छिट्टै कार्यान्वयनमा आउने जानकारी दिँदै विद्यालयमा कपडाबाट बनेका प्याड वितरण गरिने बताए ।
प्याड निर्माणमा तालीम तथा पैरवी गर्दै आएको संस्था एक्स्पोज नेपालको १२औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममै मन्त्री थापाले स्थानीय तहमा प्याड निर्माणमा तालीमको थप कार्यक्रम सञ्चालन गर्न आवश्यकता रहेकोमा जोड दिएका थिए ।
‘मर्यादित र स्वस्थ महिनावारीका बारेमा खुलेर कुरा गरौँ’ नाराका साथ सो संस्थाले आफ्नो वार्षिकोत्सव मनाएको थियो । प्रदेश नं. ३ का प्रदेशसभा सदस्य जीवन खड्काले विद्यालय तहमा किशोर किशोरी शिक्षा प्रवद्र्धन गर्न आवश्यक रहेको चर्चा गर्दै महिनावारीका कारण विद्यालयमा छात्रा अनुपस्थित हुने अवस्थालाई अन्त्य गर्न जरुरी रहेको बताए ।
कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष ज्ञान महर्जनले चार वर्षको अवधिमा संस्थाले एक हजार ८ सय महिलालाई प्याड बनाउन निःशुल्क तालीम दिएको जानकारी दिए ।
छात्रालाई निःशुल्क प्याड वितरण नयाँ नीति बनाइँदै
सैलुङअनलाइन
संम्वाददाता
0
Shares

तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
तपाईको प्रतिक्रिया
- १. नेपाल फेस्टिभल २०२५ युएईमा गायक रोज मोक्तानको प्रस्तुति रोकिएकोप्रति आपत्ति, आयोजकले देखाए प्राविधिक समस्या र समयसीमा
- २. डिजे स्काजी क्रोएसियामा, ‘जेम्सी नाइट’ आइतबार
- ३. बहराइनमा भाग्यशाली चिट्ठाबाट सिता विकले जितिन् १५ लाख पुरस्कार
- ४. बौद्ध शिक्षा संसारभर फैलाउनुपर्छ: प्रधानमन्त्री
- ५. बजेट छर्ने काम नगर्न सरकारलाई सांसद अर्यालको ध्यानाकर्षण
- ६. शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान