समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ सम्भव : प्रधानमन्त्री दाहाल

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
42 Shares
काठमाडौं

मङ्गलवार प्रधानमन्त्री पुष्पकमल दाहालले ग्याल्बो ल्होसारको उपलक्ष्यमा शेर्पा समुदाय लगायत आम नेपाली जनसमुदायमा शुभकामना व्यक्त गर्दै समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरे मात्र राष्ट्रिय एकता सुदृढ हुने बताएका छन् ।

नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक विशेषताले भरिपूर्ण विश्वकै एक स्वाधीन र सुन्दर मुलुक हो । देशभित्रका सबै भाषा, कला, संस्कृति, सभ्यता र ऐतिहासिकता हाम्रा साझा राष्ट्रिय सम्पत्ति हुन् उनले भने, ’तिनीहरूको रक्षा र प्रवर्द्धन गर्नु हामी सबैको साझा जिम्मेवारी हो, विविधतामा एकतासहित सबै वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायको पहिचान र अधिकारलाई संरक्षण र प्रवर्द्धन गरेर मात्र राष्ट्रिय एकता सुदृढ गर्न सकिन्छ ।´

सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको वर्तमान सरकार आन्तरिक एकता सुदृढ गर्दै राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध रहेको उनले जानकारी दिए ।

ग्याल्बो ल्होसारको ऐतिहासिक दिनले आन्तरिक राष्ट्रियता सुदृढ गर्दै आपसी सद्भाव, सहकार्य र एकतालाई थप मजबुत गर्नेछ भन्ने विश्वास आफूले राखेको प्रधानमन्त्री दाहालले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका