सिर्जनाका धनी स्व जयनन्द लामा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
455 Shares
काठमाडौं

स्व। जयनन्द लामाको जन्म सिन्धुपाल्चोक जिल्ला, बाऱ्हबिसे नगरपालिका वडा नं ३ को धार्पा थिङटोलमा विसं २०१२ साल श्रावण १८ गते आमा साइली गोलेको कोखबाट भएको थियो । बाजे अजबसिंह लामाका नाति र टेक बहादुर लामाका छोरा जयनन्द लामा घरका जेठा सन्तान हुन् । आफ्नो ६६ वर्षे जिन्दगीका उकाली ओरालीमा धेरै महत्त्वपूर्ण काम गरिएका गरेका जयनन्द लामाले बाल्यकालमा नै आफ्नो कला प्रस्तुतिले सबैलाई अत्यन्तै प्रभावित गर्न सकिन्थ्यो ।

विसं २०२४/२०२५ सालतिर गुरु भैरवबहादुर थापाको ‘भैरव नृत्य दल’ मा आबद्ध भई उनले आफ्नो कला यात्राको थालनी गरिएको थियो । त्यसपछिका दिनहरूमा उनको अद्भुत कला, प्रस्तुति, गायन र नृत्यका साथसाथै अभिनयको पनि व्यापक रूपमा चर्चा हुन थाल्यो र राजदरबारसम्म पनि त्यो कुरा पुग्यो । त्यति बेला राजदरबारमा उनलाई सुरुमा कलाकार र पछि सङ्गीत प्रशिक्षकको विशेष जिम्मेवारी समेत दिइएको थियो।

रेडियो नेपालमा १३ वर्षको कलिलो उमेरदेखि नै गीत गाउन थालिएका जयनन्द लामाले अनेकौँ ख्याति प्राप्त र सदाबहार गीतहरू श्रोतामाझ प्रस्तुत गरिएको छ । उनका शुद्ध लोक भाकामा आधारित गीतहरू त्यो बेलादेखि अहिलेसम्म पनि धेरै नेपालीहरूको जिब्रोमा झुन्डिएका छन् । आफ्नो जीवनका विभिन्न कालखण्डमा कलाकार, अभिनेता, रङ्गकर्मी, सङ्गीतकार, लेखक, सङ्कलक, सङ्गीत अनुसन्धानकर्ता, प्रशिक्षक, निर्देशक र फिल्म निर्माता समेतको भूमिकामा आबद्ध भई विशिष्ट छाप छोड्न सफल भएका जयनन्द लामाले आफ्नो राष्ट्रिय लिपि (पिङ्गल सङ्गीत लिपि) निर्माण गरिदिएर नेपाली सङ्गीतमा अमूल्य योगदान दिएको छ ।

यसै गरी नेपाली गीतसङ्गीतको इतिहासमै पहिलो गीति क्यासेट (जयनन्द लामाको लोक गीत-भाग-१) र पहिलो तामाङ भाषाको चलचित्र (सेमरी छोरङ्गान) को निर्माण तथा निर्देशन गरेर नेपाली कलाकारिता क्षेत्रमा सुनौलो अक्षरले कीर्तिमान कायम गरिएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सबै खालका कार्यक्रमहरूमा गीत, नृत्य, प्रहसन, अभिनय र प्रशिक्षण गरेर उनले सिङ्गो राष्ट्रको नामलाई अन्तर्राष्ट्रिय तहमा पुऱ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गरिएको छ । नेपालमा अत्यन्तै सफल मानिएका चलचित्र, टेलिचलचित्र र अन्तर्राष्ट्रिय वृत्तचित्रहरूमा आफ्नो अभिनयकलाले दर्शकको मन जित्न सफल जयनन्द लामाले आफ्नो जीवनकालमा अनेकौँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, सरकारी तथा गैरसरकारी निकायहरूबाट अनगिन्ती मान पदवीहरू र प्रशंसा पत्र प्राप्त गरिएको छ ।

अभिनय र गीतसङ्गीत दुवै विधामा अत्यन्तै सफल जयनन्द लामाको गहन लेखन, अध्ययन र चिन्तनद्वारा सृजित प्रस्तुतिले उनलाई नेपाली कला र सांस्कृतिक क्षेत्रको तारा मण्डलमा एक चम्किलो ताराको रूपमा स्थापित गराएको छ । झन्डै ५ दशक कला क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका स्व। जयनन्द लामाको निधन ६६ वर्षको उमेरमा २०७८ साल फाल्गुन ११ गतेका दिन भएको थियो।

आफ्नो सृजनशील कर्मले जयनन्द लामालाई नेपाली समाजमा सदा सदाका लागि अमर बनाउनेछ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका