सशस्त्र प्रहरी बल २० नम्बर गुल्म हेडक्वाटरको १६ औँ स्थापना दिवस मनाइयो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
77 Shares
धुन्चे,रसुवा

गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ६ धुन्चेमा रहेको सशस्त्र प्रहरी बल नेपाल २० नम्बर गुल्म हेडक्वार्टर फागुन ११ गते आफ्नो १६ औँ स्थापना दिवस मनाएको छ ।

यस्तै सशस्त्र प्रहरी गुल्मलाई सहयोग गर्ने नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी छेसिङगि तामाङ, सञ्जीव डिएमलाई सम्मान गरिएको थियो ।

सहायक बाहिनीपति माधव प्रसाद पौडेलको प्रमुख आतित्थ्यतामा भएको थियो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द्र अधिकारी, जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकी, नेपाली सेना विष्णु दल गणका प्रमुख, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समाजसेवी सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका