सरोकारवालाहरू भन्छन्-स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नुपर्छ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
14 Shares
भक्तपुर

काठमाडौँ उपत्यकाका पूर्वी भेगका पाँच नगरपालिका समेटेर बनाउने भनेको स्मार्ट सिटी खारेज गरी जग्गा फुकुवा गर्नुपर्ने सरोकारवालाहरू बताउँछन् ।

उपत्यकाका पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना विगत सात वर्ष देखि अलपत्र हुँदा सर्वसाधारणले दुःख पाएको भन्दै यो खारेज गराउनु पर्नेमा सारोकारवालाहरुले बताएका छन् ।

उपत्यकाका पूर्वी भेगका नगर प्रमुखहरूको बैठकले स्मार्ट सिटीको लागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट व्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरू ल्याउनुपर्ने निर्णय गरेको छ ।

काठमाडौँका दुई र भक्तपुरका तीन नगरपालिका समेटेर बन्ने भनिएको स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन स्थानीय तहका जनप्रतिनिधिहरूले पहलकदमी थालेका छन् ।

नगरकोटमा आयोजित पूर्वी उपत्यकाका ६ वटा नगरपालिकासहित सरोकारवालाको बैठकले स्मार्ट सिटीको योजनालाई कार्यान्वयन गराउन सात सदस्यीय कमिटी गठन गरेको हो । कमिटीको संयोजकमा कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्की र उपसंयोजकमा सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा रहेका छन् ।
त्यस्तै, अन्य सदस्यहरूमा चाँगुनारायण नगरपालिकाबाट मेयर जीवन खत्री, पिआईडिबाट राजेन्द्र सापकोटा, काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट नवराज प्याकुरेल, केयूकेएलबाट डिपी चापागाईँ र अधिकार सम्पन्न बाग्मती सम्यता विकास समितिबाट रवीन्द्र बोहरा रहनु भएको छ । समितिले नेपाल सरकारको सहमतिमा योजना कार्यान्वयन गराउन र देखिएका समस्या तथा अल्झनहरु हल गर्न पहल गर्नेछ ।

पूर्वी भेगका शंकरापुर, कागेश्वरी मनोहरा, मध्यपुर थिमी, सूर्यविनायक र चाँगुनारायण नगरपालिकालाई समेटेर एक लाख रोपनी क्षेत्रफलमा स्मार्ट सिटी बनाउने योजना छ । तर यो योजना विगत सात वर्षदेखि अलपत्र छ ।

बैठकले स्मार्ट सिटीको लागि भनेर जनताको जग्गा लामो समय रोकिनु नहुने, सरकारको सहमति र बजेट व्यवस्था नहुने हो भने जनताको रोक्का जग्गा फुकुवा गरेर वैकल्पिक विकासका अवधारणहरू ल्याउनुपर्ने निर्णय गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका