तीनै वटा प्रतिष्ठानसँग मिलेर काम गर्ने मन छ : कुलपति शर्मा 

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
112 Shares
काठमाडौं

पाँच वर्षकै उमेरमा रङ्गकर्मी निशा शर्माले बालकलाकारका रूपमा नाटकमा अभिनय गरेकी थिइन् । त्यसपछि उनले बद्री अधिकारीको लेखनमा अधिकारीसँगै रङ्गकर्मी सुनिल पोखरेलको निर्देशनमा ११ वर्षको उमेरमा ‘प्रतिभा आकाश मान्छे’ मा अभिनय गरिन् । टेलिसिरियलमा पनि उनी त्यतिकै जमिन् । पोखरेलसँगको वैवाहिक जीवनपछि यी दुबै जनाले गुरुकुल ठड्याएर नाट्य क्षेअत्रलाई एउटा बाटो नै देखाए । ३२ वर्षको वैवाहिक जीवनमा पोखरेलसँग नाट्यकर्ममा शर्माले ४ दशक बिताइसकेकी छन् । यो बिचमा गुरुकुल बन्यो भत्कियो, फेरि बन्यो । नाट्य र पारिवारिक दुःखका अनेक आरोहअवरोहबीच पनि शर्माले नाट्कर्मलाई छोडिनन् । नाट्य क्षेत्रमा झन्डै साँढे चार दशक लामो यात्रापछि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको चौथो कार्यकालमा शर्मा पहिलोपल्ट महिला कुलपति भएकी छन् । यसभन्दा अघिल्लो कार्यकालमा उनी प्राज्ञ परिषद् सदस्य थिइन् । २०६२/६३ को जनआन्दोलनपछि तत्कालीन सरकारले २०६४ भदौ ३१ मा तीन प्रतिष्ठान गठन ऐन पारित गरी छुट्टाछुट्टै प्रतिष्ठान खडा गरेको थियो । उनै शर्माको नाटक, नाट्यकर्म, सङ्घर्ष र पदीय जिम्मेवारीका विषयमा सैलुङअनलाइनले गरेको कुराकानीको सम्पादित अंश :

कुलपति निशा र रङ्गकर्मी निशामा तपाईँले आफैँमा के फरक पाउनुभयो ?

कुलपति हुँदा म नीति नियममा बस्नुपर्छ । ममाथि सबैको अपेक्षा छन् । त्यसैले म सबैका लागि समान नीति नियममा लाग्नुपर्छ । मैले कसैलाई यो मेरो, यो तेरो भनेर लिनुहुन्न । रङ्गकर्मी निशा त एउटा खुल्ला आकाशमा उडेको चरा जस्तै हो । नीति, नियम केही बन्धन छैन । रङ्गकर्मीका रूपमा म नाच्छु, गाउँछु र जे मन लाग्यो त्यही खुल्ला रूपमा गर्छु ।

स्रष्टाहरू त अरू पनि थिए । सरकारले तपाईँलाई नै किन नेतृत्व प्रदान गर्‍यो जस्तो लाग्छ ?

निरन्तर मेरो कामको मूल्याङ्कन गर्नुभएको होला । ४०/४२ वर्ष मैले यसै क्षेत्रमा काम गरेँ। नाटकलाई निरन्तरता दिएँ । यसकै कारणले उहाँलाई ल्याउँदा सजिलो होला र महिला भएको कारण पनि ल्याउनु भएको होला जस्तो लागेको छ ।

सबै नाटकघरलाई समेटिएर लैजाने मेरो उद्देश्य हो । हामी सिनियर, जुनियर भयौँ भने कतै पनि यो क्षेत्रमा राम्रो हुँदैन । कहाँसम्म जाने हो हाम्रो पनि लिमिटेसन छ । अझै पनि सबै रंगकर्मीहरुलाई बोलाएर सँगै जाने मन छ ।

प्रतिष्ठानहरूमा राजनीतिक नियुक्ति हुन्छ भन्ने सुनिन्छ । तपाईँको झुकाव पनि अहिलेकै सरकार र पार्टीप्रति नै त होला नि होइन ?

उहाँहरूको विश्वासका लागि मैले काम गर्नुपर्छ । आजको दिनसम्म न्युट्रल बसेर काम गरेकी छु । यो सरकार, त्यो सरकार भनेर हेर्ने होइन । मैले को व्यक्ति र को सरकारले राम्रो काम गरेको छ भन्ने हेरेकी छु । हामी कलाकार भएर कसैको पक्ष लिनु हुँदैन । व्यक्तिगत धारणा बेग्लै हुन सक्छ तर मेरो त्यस्तो धारणा कहिल्यै रहेन । मैले मेरो काममा फोकस गरेँ । एमालेको होस्, काँग्रेस होस्, या माओवादी होस् मलाई व्यक्तिसँग मतलब छ । राम्रो गर्ने मान्छे र  सबै राजनीतिक पार्टीलाई म रेस्पेक्ट गर्छु ।

प्रतिष्ठानमा पहिलो महिला नेतृत्व लिनुभएको छ । यसमा कतिको चुनौती महसुस गर्नुभएको छ ?

पहिलो त त्यो ठाउँमा पुगेपछि जिम्मेवारी बढ्छ । म नाट्य क्षेत्रमा पहिलो महिला कुलपति भएकोले कला क्षेत्र र हरेक मानिसहरूको धेरै अपेक्षा राख्नुभएको छ । अलि बढी थिचिएको जस्तो भएको छ । म कुनै जादुगर होइन । हरेक काम गर्दा समय लाग्छ र रातारात कुनै समय बदलिँदैन । यदि मैले रातारात म बदलिन्छु र काम गर्छु भनेँ भने त्यहाँ केही पनि काम हुँदैन जस्तो लाग्छ । मैले यो–यो मा काम गर्छु भनेर दरिलो ढङ्गले लाग्नुपर्छ ।

नाट्य क्षेत्र र प्रतिष्ठानमा काम गरेको अनुभव पनि छ । तपाईँप्रति आम मान्छेले राखेको अपेक्षालाई सम्बोधन गर्न सक्नुहुन्छ जस्तो लाग्छ ?

यत्रो वर्ष मैले यही काम गरेँ । एक त महिला भएको कारण उहाँहरूले मलाई विश्वासले नेतृत्व दिनुभएको छ । अस्ति प्रधानमन्त्रीज्युले तपाईँलाई नियुक्ति दिएकोमा सबै जना खुसी छन् । मलाई पनि खुसी लागेको छ । राम्रो काम गर्नुस् भन्नुभएको छ । त्यो भएकोले पनि मैले उहाँहरूले दिनुभएको विश्वास र इज्जत पनि धान्नु पर्‍यो नि त । मैले काम गरेर इज्जत राख्ने ठाउँ बनाउनुपर्‍यो ।

नाट्य क्षेत्रको समस्यालाई प्रतिष्ठानले सम्बोधन गरेन भनेर स्वयं रङ्गकर्मीहरूको गुनासा छन् नि । यसमा तपाईँ के भन्नुहुन्छ ?

पहिला नाट्य विभागको प्राज्ञ परिषद्मा हुँदा नगरेको होइन तर सीमित बजेट र परिधिमा बस्नुपरेकोले वर्षभरि नै ठुलो स्केलको काम गर्न नसकेकै हो । मैले मेरो भागमा आएको बजेट र कामलाई वर्षमा कम्तीमा ३ देखि ४ वटा कामलाई सकेसम्म सबैलाई समेटेर गरेँ । ज–जसलाई मैले समेट्न खोजेँ उहाँहरू समेटिन खोज्नुभएन र पछाडि हट्नुभयो । हामीलाई नाट्य प्रतिष्ठान चाहिएको छैन । आफैँ गर्छौँ र प्रतिष्ठानले पैसा खान्छ भन्ने आरोप पनि आयो । यसमा मलाई चित्त दुख्यो । कामको मामलामा मलाई सबै आफ्नै लाग्छ । म काम हेर्छु र कामलाई सम्मान गरेर समेट्ने कोसिस गर्छु ।

तपाईँ प्रतिष्ठानमा प्राज्ञ परिषद्मा रहँदा गुरुकुललाई मात्र प्राथमिकता दिनुभयो भन्ने देखियो त ?

जब म परिषद्मा प्राज्ञ भएर गएँ । गुरुकुलमा भएका र गुरुकुलबाट छुटेका भाइबहिनीहरूलाई बोलाएँ । मबाट के अपेक्षा छ भनेर छलफल गर्न खोजेँ । तर उहाँहरूले हामी आफैँ सक्षम छौँ । प्रतिष्ठान हामीलाई किन चाहियो भनेर टिप्पणीहरू आएँ । तर जो–जो आए तिनीहरूसँग कुरा गरेँ । मैले नाट्य फेस्टिभल गर्न खोज्दा प्रतिष्ठानको आफ्नै हल नभएकाले उहाँहरूसँग सहकार्य गर्न खोजेँ । सीमित बजेटमा हलको पैसा नलिनु भन्दा पैसा खाने प्रतिष्ठान हामीलाई चाहिँ सित्तैमा हल लेऊ भन्छ । लाज नभएका माग्नेहरू जस्ता भन्ने कुरा गर्नुभएछ । मैले त सहकार्य गरेर जाऊँ मात्र भनेकी हुँ । हामी नाट्यकर्मीलाई प्रतिष्ठान चाहिँदैन र ? जब मैले सहकार्य गरेर समेटिएर जाऊ भन्दा मान्नुभएन । त्यसपछि मलाई रङ्गकर्मीका कुरा सुन्नै मन लाग्दैन ।

यो भनेको टिम वर्क नै हो । अहिलेको सबै प्रतिष्ठानका कुलपति, उपकुलपति लगायतका सबै टिम केही काम गरौँ भनेर उत्साहका साथ आउनुभएको छ । यसमा काम गर्न सजिलै होला भन्ने लागेको छ ।

प्राज्ञ परिषद्को कार्यकालभरि नै तपाईँले सुनिल पोखरेल र गुरुकुलसँगै काम गर्नुभयो नि होइन ?

म प्राज्ञ हुँदा दुर्भाग्यवश सुनिल जी मेरो श्रीमान् हुनुहुन्छ । तर उहाँ त नाटकमा जीवनभर लाग्नु भएको छ । उहाँको काम कुल गुरु, एउटा सक्षम डाइरेक्टरलाई मैले काम दिने हो । मैले मेरो श्रीमान् भनेर काम दिएको होइन । यो चाहिँ क्लियर हुन जरुरी छ । मैले कामलाई हेर्ने हो । यो पाली म सबैलाई समेट्ने प्रयास गर्छु । मुख्य कुरा बजेटमा पनि भर पर्छ । अब बजेट दिने भएकोले हामी अझै बजेट बढाइदिनु भनेर भन्छौँ । योजना बनाइरहेका छौँ । हामीले नाटक, सङ्गीतलाई पनि समेट्दै लैजानुपर्छ । अघि पनि भनेँ यो रातारात हुने कुरा होइन । मेरो अघिल्लो कार्यकालमा पनि मैले देशका विभिन्न कुनाकाप्चाकाहरुलाई ल्याएर काम दिएँ । मेरो अगाडि भएकालाई मात्र दिइनँ ।

रङ्गकर्मीहरूले आ–आफ्नै तवरले स्थापना गरेका नाटकघरहरु छन् । यसमा एकजुट भएर जान सकिँदैन र ?

सबै नाटकघरलाई समेटिएर लैजाने मेरो उद्देश्य हो । हामी सिनियर, जुनियर भयौँ भने कतै पनि यो क्षेत्रमा राम्रो हुँदैन । कहाँसम्म जाने हो हाम्रो पनि लिमिटेसन छ । अझै पनि सबै रंगकर्मीहरुलाई बोलाएर सँगै जाने मन छ । जो आउनुहुन्छ उहाँहरूलाई स्वागत छ । जो आउनुहुन्न उहाँहरूलाई पनि हाम्रो कामको सहायताका लागि हामी तयार छौँ । कोभिडको बेलामा पनि राहतका लागि मैले कलाकारको डाटा र सिभि सङ्कलन गरौँ भन्दा हाम्रो नाम बेचेर खान लागेको हो भने । हामी नाटककार चाहिँ बैगुनी रहेछौँ । चलचित्रको सङ्घ छ, सङ्गीतको सङ्घ छ । प्रत्येकको आ–आफ्नै संस्था छ । सबै जोडिएर जान्छन् । हाम्रोमा त्यसरी जोडिएर जाने छैन । त्यही भएर रङ्गमञ्च अहिलेसम्म पछाडि पिछडिएको छ ।

प्रतिष्ठानमा नाट्यकर्मलाई बुझेको तपाईँले यस क्षेत्रका लागि केही गरेन भन्ने टिप्पणी गर्नेहरूलाई के भन्नुहुन्छ ?

म प्राज्ञ हुने बेलामा नै गुरुकुल फेरि खुल्यो र यसले मलाई साथ दियो । नाटकको रिहर्सल, नाटक फेस्टिभल गर्न मलाई सित्तैमा हल दियो । मेरो सीमित बजेट हुन्छ । जसले मलाई सहयोग गर्छ र म उसैसँग काम गर्छु । गुरुकुलका भाइबहिनीले मलाई मद्दत गरे । मेरो प्रतिष्ठानको तलदेखि माथिसम्मका कसैले पनि मलाई सहयोग गरेनन् । यहाँसम्म कि फेस्टिबलमा कुलपति र उपकुलपति सरसम्म आउनुभएन । अन्तिम समयमा उहाँहरूले आउन सकिँदैन भनेर भन्नुभयो । अहिले पनि म कुलपतिको हिसाबमा जसले मलाई काममा सहायता गर्छ म उसैसँग काम गर्छु । तर सबैलाई समेटिएर काम गरूँ भन्ने मेरो मनसाय हो । टीकाटिप्पणी गरेर मलाई जालझेल गर्छ भने यो उहाँहरूको समस्या हो ।

तपाईँको विचारमा रङ्गकर्मीबिच नै एकता नहुनुका कारण के होला ?

उहाँहरू आफैँमा नाटकघर कसरी लैजाने, दर्शक कसरी ल्याउने, नाटक कसरी चलाउने भन्ने द्वन्द्व भएर पनि एकता छैन । प्रतिस्पर्धा ज्यादा चलेको जस्तो लाग्छ । हामी एक भएर अगाडि बढेमा दर्शक पनि आउँछन् र राज्यले पनि एक भएर आएको छ भनेर बुझ्छ जस्तो मलाई लाग्छ ।

नाट्य तथा कला क्षेत्रमा राज्यको नजर किन पर्न सकेन ?

नाटकलाई अगाडि ल्याउनलाई दुःख छ । अहिले प्रदेश सरकार आएर अलिकति सहायता छ र नाटक भनेको पहिलो नभएर दोस्रो प्राथमिकतामा पर्छ । त्यसैले राज्यले हामीमाथि ध्यान नपुराएकोले यो पछाडि परेको हो । राज्यले यो बुझ्नुपर्छ कि कला क्षेत्र भनेको कला संस्कृतिलाई जगेर्ना गर्ने माध्यम हो । यसबाट हामीले पर्यटक ल्याउन सकिन्छ । कसैले गीत, कसैले नृत्य, कसैले नाटक गरेर हामीले कलाको जगेर्ना गरिरहेका छौँ । नाट्यकर्मीले मनोरञ्जन मात्र नभएर कला संस्कृतिलाई जगेर्ना गरिरहेको छ भन्ने कुरा रङ्गकर्मी र राज्यले पनि बुझ्नुपर्छ । मैले चाही अलिकति गाउँगाउँमा फैलिएर जाने, लोप हुन लागेको कला संस्कृतिलाई जगेर्ना गर्न लाग्ने हो कि भन्ने सोचेकी छु । मेरो चार वर्षे कार्यकालमा एक/दुई स्टेप मात्र काम गर्न सकेँ भने यसलाई माथि लैजान सजिलो होला ।

प्रतिष्ठान अस्थायी भवनमा चलेको छ । तपाईँको कार्यकालमा भवन निर्माणका लागि पहल होला ?

असारमा हामी आफ्नै अस्थायी भवनमा सरेका हौँ । हामीले ४ लाख ५० हजार भाडा बुझाउनु पर्थ्यो । भवनका लागि जुन नक्सा बनेको छ, त्यो चित्तबुझ्दो छैन । फेरि नक्सा बनाएर भवनका लागि सरकारसँग अनुरोध गर्छौ । हामीले चार वर्ष भित्रमा भवन बनाउन सुरु मात्र गर्‍यौँ भने केही सजिलो होला । त्यसै पनि हामीलाई नाटक, नृत्य, सङ्गीत र अरू कार्यक्रमका लागि भवन छैन । अहिले पनि हामी अरूकोमा गएर सहकार्य र पैसा तिरेर गर्नुपरेको छ । यसका लागि अलिकति गर्न सकेमा राम्रो हुन्छ । सुरुमा सपिङ कम्प्लेक्स जस्तो बनाएर केही ठाउँ बहालमा दिने भनिए पनि म त्यसमा विरोधी हुँ । हाम्रो काम भनेको बहाल उठाउने होइन । हामीले तीन/चार वटा हल बनाएर दुई/तीन सय अटाउने बनाउन सकेकोमा सधैँ प्रयोग हुन्छ । ठुलो हल बनाएर पनि मान्छे धेरै चाहिन्छ । मान्छेलाई फुर्सद पनि छैन । स-सानो हल भएमा स्कुलहरूको कार्यक्रमहरूमा पनि जान्छ । यसरी वर्षभरि हल भाडामा गएमा सहज पनि हुन्छ । हल नभएकोहरु पनि थोरै पैसामा हल दिन पनि सकिन्छ ।

अघिल्लो कार्यकालतिर पनि तीन वटा प्रतिष्ठानहरू तीनतिर देखिएका थिए ? अहिले समन्वयको वातावरण कतिको देख्नुभएको छ ?

मलाई तीनै वटा प्रतिष्ठानहरू मिलेर काम गर्ने मन छ । हामी तीनैले सँगै काम गरेर ठुलो कार्यक्रम गर्न सकेमा यसले ठुलो प्रभाव पार्छ । यसमा हामी प्रयास गर्छौँ । यो भनेको टिम वर्क नै हो । अहिलेको सबै प्रतिष्ठानका कुलपति, उपकुलपति लगायतका सबै टिम केही काम गरौँ भनेर उत्साहका साथ आउनुभएको छ । यसमा काम गर्न सजिलै होला भन्ने लागेको छ ।

तपाईंलाई महिला भएकै कारण काम गर्न केही असहज होला भन्ने लागेको छ ?

महिला भएर नै काम गर्न त्यति गाह्रो हुन्छ जस्तो लागेको छैन । हुन्छ जस्तो पनि लाग्दैन । हाम्रोमा पहिलो सदस्यसचिव महिला नै हुनुहुन्छ । उपकुलपति पनि ट्युनिङ मिल्छ र काम गर्न सरसल्लाह भएको छ । अहिलेसम्म प्रतिष्ठानबाहिरका दिदी दाईहरुले सहयोग र साथका लागि भन्नुभएकोले मलाइ हिम्मत आएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका