रसुवा जिल्लामा सन्चालन भएको १० औं जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल को उपाधि कालिका गाउँपालिकाले हात पारेको छ ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १५ स्वर्णसहित २४ पदक जितेर कालिका गाउँ पालिकाले उपाधि हात पारेको हो । कालिका हिमालय विद्यालय कालिकास्थान स्थित खेल मैदानमा फागुन ११,१२ र १३ गतेसम्म प्रतियोगिता चलेको थियो ।
यस्तै गोसाईंकुण्ड गाउँ पालिका २१ पदकसहित प्रतियोगितामा दोस्रो बनेको छ ।गोसाईंकुण्डले ४ स्वर्ण, ९ कास्य र ८ रजत पदक प्राप्त गरेको छ । यस्तै नौ कुण्ड गाउँपालिका तेस्रो बनेको छ ।नौ कुण्डले ४ स्वर्ण, ७ कास्य र ११ रजत गरी २२ पदक प्राप्त गरेको छ ।
सान्त्वना उत्तरगया गाउँपालिका बनेको छ ।उत्तरगयाले ४ स्वर्ण, तीन कास्य र ७ रजत गरी कुल १४ पदक पाएको छ । यस्तै आमाछोदिङमो ४ रजत पदक हात पारेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुजन न्यौपानेले जानकारी दिए ।
अध्यक्ष न्यौपानेले खेलकुदमा सहभागी भएका सम्पूर्ण खेलाडी बिद्यार्थीहरुलाई शुभकामना दिँदै विजय हुँदा मातिने र पराजित हुँदा आत्तिने गर्नू हुँदै पराजित हुँदा आगामी दिनहरूमा कसरी विजय हुन सकिन्छ । त्यस तर्फ लाग्नु र विजय हुनेहरूले आगामी दिनका खेलहरूमा कसरी विजय हासिल गर्न सकिन्छ । त्यसतर्फ लाग्नु पर्ने र खेलकुदको माध्यमबाट हामीले हाम्रो समाजभित्र भई रहेका कुपथा, कुसंस्कार लगायतका विभिन्न किसिमका कुलतहरूमा संलग्न रहेका युवा युवतीहरूलाई खेलकुदबाट परिवर्तन गर्न सक्ने एउटा माध्यम बन्न सक्छ खेलकुद समेत बताए ।
उनले बिद्यार्थीहरुको भविष्य उजागर गर्न खेलकुदको पनि महत्त्वपूर्ण भूमिका भएकाले खेलकुदका क्षेत्रमा प्रदेश सरकार पनि अग्रस्त भएर लागी परी रहेको समेत नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेको सांसद आचार्यले बताएको थियो । उनले रसुवाको इज्जत बढाउने खेलाडीलाई ठुलै राशिको पुरस्कार दिने घोषणा गरे ।