विमोक्ष : पुस्तक र नाटकमा

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
28 Shares
काठमाडौं

रङ्गकर्मी घिमिरे युवराजको लेखनमा कृति ‘विमोक्ष’ पुस्तक र नाटक दुवै रूपमा आउने भएको छ ।

युवराजको लेखन रहेको नाटक ‘विमोक्ष’ बुधवार देखी बत्तीसपुतली स्थित शिल्पी थिएटरमा मञ्चन हुँदै छ । उक्त नाटकलाई अर्का रङ्गकर्मी प्रवीण खतिवडाले परिकल्पना तथा निर्देशन गरेका छन् । नाटकका रूपमा रहेको ‘विमोक्ष’ लाई साङ्ग्रिला बुक्सले पुस्तकका रूपमा प्रकाशन गरेको छ । बुधवार पुस्तकलाई विमोचन गर्दै नाटकको प्रिमियर मञ्चन गर्ने युवराजले बताए । उनका अनुसार फागुन १८ गतेदेखि नियमित मञ्चन हुने नाटक चैत्र १८ सम्म मञ्चन हुनेछ ।

विगत दुई दशकदेखि नाट्यकर्मलाई निरन्तरता दिइरहेका युवराजले २०५६ सालमा राष्ट्रिय नाचघरमा एक वर्षको नाट्य प्रशिक्षण लिएपछि आरोहण गुरुकुलमा ७ वर्ष रंगकर्म नै गरे । २०६४ सालमा शिल्पी थिएटर स्थापना गरेर उनी त्यहाँ कला निर्देशकका रूपमा रहेका छन् । कोपनहेगन डेनमार्ककाट कमेडया देलार्ते स्कुलबाट (२०६६–२०६८)रङ्गमञ्चमा स्नातक गरेका उनका यसअघि ‘रूपान्तरणका लागि रङ्गमञ्च’(इतिहास र समीक्षा) र ‘आँधीको मनोरम नृत्य’(नाटक) प्रकाशित छन् । रङ्ग पत्रकारिताबाट नै उनले लेखनको सुरुवात गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका