नमुना विद्यालय बनाउन व्यवस्थित र विश्वसनीयताको आधार निर्माण आवश्यक

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
56 Shares
रसुवा

रसुवाको पहिलो सामुदायिक विद्यालय नीलकण्ठ माध्यमिक विद्यालय वोगटिटारले आफ्नो ७३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस फागुन १४ गते विविध कार्यक्रम सहित सम्पन्न गरेको छ । कार्यक्रममा विद्यालयलाई नमुना विद्यालयको रूपमा अगाडी बढाउन शैक्षिक, भौतिक तथा सामाजिक रूपले व्यवस्थित र विश्वसनीयताको आधार निर्माण गर्नु पर्ने कुरालाई वक्ताहरूले जोड दिएका छन्।

विद्यालयको भौतिक पक्षलाई मात्र ध्यान दिँदा विद्यालयमा बिधार्र्थीहरुलाई दिइने शैक्षिक क्रियाकलापलाई पनि बढी महत्त्व दिनुपर्ने उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव प्रसाद अर्यालले बताए ।

कार्यक्रममा अध्यक्ष अर्यालले मानवता सम्बन्धी सही शिक्षा नदिएसम्म भौतिक रूपमा जति धेरै विकास गरे पनि त्यो विकासको अपनत्व र दिगो नहुने उल्लेख गरे । उनले हरेक विद्यालयहरूले अबको शिक्षामा शिक्षण शैलीमा सुधार ल्याउन नसके अन्य विकासको पनि कुनै अस्तित्व र अपनत्व बढाउन नसकिने बताए ।

विद्यालयको शैक्षिस्तरलाई समाज रूपान्तरणमा लगानी हुन सक्ने शिक्षाको रूपमा विकास गर्न सके त्यो विद्यालयको अस्तित्व पनि अझ राम्रो र दिगो हुने बताउँदै अध्यक्ष अर्यालले शिक्षालाई समाजको आधारभूत बस्तुको रूपमा समेत बुझ्न आवश्यक रहेको उल्लेख गरे ।

उत्तरगया गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष यमनाथ आचार्य उत्तरगयाको आधार शिक्षाको गुणस्तरलाई बनाउनु पर्नेमा जोड दिए ।

उनले भने,‘यदि त्यो स्थानीय तहमा शैक्षिक गुणस्तर कायम गर्न सकिएन भने सबल नीलकण्ठको अवधारणा असफल हुनेछ ।’ शिक्षा क्षेत्रमा गएको लगानी तत्काल नदेखिए पनि कालान्तरमा देश र समाजको लागि निकै अतुलनीय बन्न सक्ने वडा अध्यक्ष आचार्यले बताए ।

वार्षिक उत्सव कार्यक्रममा पैसाका कारण कुनै पनि बिद्यार्थीले विद्यालय छोड्नु पर्ने अवस्थाको अन्त्य गर्न केही सहजता मिलोस् भन्ने् उद्देश्यका साथ स्थापित कृष्ण मान सिंह स्मृति कोष वाट प्राप्त छात्रवृत्ति रकम २८ जनालाई पनि हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा शिक्षक अभिभावक सङ्घका लगायतले विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्न शिक्षक, अभिभावक, विद्यार्थी र विभिन्न राजनैतिक दल र शैक्षिक व्यक्तित्वहरूको समेत विशेष ध्यान, सहयोग र आपसी समन्वय हुनुपर्नेमा जोड दिएको थियो।

वार्षिक उत्सवको अवसर पारेर विद्यालयलाई आर्थिक सहयोग गर्ने शिक्षक, कर्मचारी र शुभेच्छुकहरूलाई सम्मान गरिएको कार्यक्रममा जेहेन्दार तथा उत्कृष्ट बिधार्थीहरुलाई विभिन्न पुरस्कार तथा छात्रवृत्ति समेत प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमनाथ आचार्यको अध्यक्षतामा कक्षा १२ सम्मा साधारण र प्राविधिक शिक्षा तर्फ कम्प्युटर विज्ञान विषयको पठन पाठन हुने विद्यालयमा करिब ४ सय विद्यार्थीले अध्ययन गर्दै आएका छन्।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया