बैङ्क तथा वित्तीयको ब्याजदर बढाउने विरुद्ध प्रदर्शन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
119 Shares
रसुवा

बैङ्क तथा वित्तीय संस्थाले ऋणको ब्याजदर मनोमानी तवरले बढाएको ब्याजदर घटाउन माग सहित बिरोध प्रदर्शन गरेका छन् ।

शनिबार रसुवाको सदरमुकाम धुन्चेका होटेल व्यवसायीहरूले सम्पूर्ण व्यवसाय बन्द गरेर विरोध गरेका हुन् ।

बैङ्क तथा वित्तीय संस्थाहरूले ऋणको ब्याजदर मनोमानी तवरले बढाएकाले ब्याजदर घटाउन माग, व्यापार व्यवसाय सुधार नभएसम्म एक वर्ष सम्मको ब्याज कम गर्ने लगायतका मागहरू राखी व्यवसायी सञ्चालकहरूले विरोध प्रदर्शन गरेको धुन्चे महिला व्यवसायी सङ्घर्ष समितिको अध्यक्ष कामिनी तामाङले जानकारी दिइन् ।

धुन्चेका महिलाहरूलाई समूह बनाउन लगाउँदै मासिक बचत गराउने र विभिन्न स्किमहरू देखाउँदै ऋण प्रवाह गर्ने गरेका ८ वटा माइक्रो फाइनान्स तथा लघुवित्तियहरुलाई चेतावनी सहित विरोध गरेका हुन् ।

कोरोना भाइरसका कारण आर्थिक मन्दी भई व्यापार व्यवसाय ठप्प रहेको अवस्थामा लघुवित्त संस्थाहरूबाट लिएको ऋणको ब्याज मनोमानी तवरले बढाउने, ब्याज किस्ता तिर्न केही समय ढिलो भए पनि जायजेथा लिलाम गर्ने, कालो सुचीमा राखी दिने जस्ता धम्की दिने, फोन गरेर मानसिक तनाव दिने भन्दै विरोध गरेका हुन् ।

विरोधका लागि धुन्चेका महिला व्यवसायीहरू सङ्गठित भई धुन्चेकै होटेल व्यवसाय गरिरहेकी व्यवसायी कामिनी तामाङको अध्यक्षतामा १३ सदस्य धुन्चे महिला व्यवसायी सङ्घर्ष समिति गरिएको छ ।

उनीहरूले चरणबद्ध आन्दोलन गर्ने समेत बताएका छन् ।

तपाईको प्रतिक्रिया