रसुवाको कालिका गाउँपालिकाको कालिकास्थानमा ६५ दिने निःशुल्क मोबाइल मर्मत तालिम सुरु भएको छ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको युवा परिषदको आर्थिक सहयोग र कान्तिपुर बहुप्राविधिक शिक्षालय चितवन प्रालिको आयोजनामा गरिएको हो ।
फागुन २१ गते देखि २०८० सालको जेठ ३ गते सम्म मोबाइल तालिम सुरु हुनेछ ।
बागमती प्रदेश सभासद् इन्द्र गौतमले अहिलेको आधुनिक युगमा सिपको आवश्यकता रहेकोले सीप विकासको लागि बजेट विनियोजनको लागी आफू पहल गर्ने बताए ।
कार्यक्रम लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण अन्तर्गत ५ वटै वडाबाट युवायुवतीको सहभागितामा तालीम सुरु गरिएको जिल्ला युवा समिति रसुवाका अध्यक्ष अविनाश तामाङले जानकारी दिए ।
युवा युवतिलाई सीपमा दक्ष बनाई स्वरोजगार बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको सीप मात्रै सिकाउनेभन्दा पनि आम्दानीको मुख्य स्रोत बनाउने लक्ष्यअनुरूप यस्ता कार्यक्रमले हौसला प्रदान गर्ने पालिका अध्यक्ष हरिकृष्ण देवकोटाले बताए । सीप सिकेर आम्दानी बढाउनका लागि यो तालिम अति आवश्यक भएको अध्यक्ष देवकोटाले बताए ।
मोबाइल मर्मत तालिममा २० जना युवायुवतीहरू सहभागी छन् ।