गोदावरी नगरपालिकाको ७ सातौँ स्थापना दिवसको उपलक्ष्यमा गोदावरी खुल्ला च्याम्पियन हाफ म्याराथन ९२१ कि.मी. र अन्तर माध्यमिक विद्यालय स्तरीय १० कि.मी. दौड प्रतियोगिता हुने भएको छ ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुख्य नारा सहित गोदावरी नगरपालिकाले हाफ म्याराथन दौड आयोजना गर्न लागेको पत्रकार सम्मेलनमा जानकारी दिए ।
आउँदो शनिवार उक्त प्रतियोगिता हुने प्रतियोगितामा विजेताहरूलाई नगद सहित सम्मान पत्र समेत प्रदान गरिने कुरा गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए ।
दौड
माध्यमिक तहका विद्यार्थीहरूले १० कि।मी दौडमा सहभागी हुन पाउने छन् । गोदावरी नगरपालिकाको प्राङ्गणबाट सुरु भई पोखरीटार (वडा १३), टौखेल चोक, कृष्णप्रसाद भट्टराई आश्रम, वडा कार्यालय नं १३ हुँदै भलि पुचः पार्टी प्यालेसबाट तल झरेर वडा नं १२ बुद्धपोखरी हुँदै चापागाउँ प्रहरी चौकीबाट चापागाउँ पुरानो बसपार्कबाट गोदावरी नगरपालिकाको प्राङ्गणमा आएर दौड अन्त्य हुनेछ ।
खुला हाफ म्याराथन
यस्तै खुला हाफ म्याराथन अन्तरगत २१ कि।मी दौड हुनेछ । गोदावरी नगरपालिकाबाट सुरु गरी वडा कार्यालय १३ पोखरीटार, गोदावरी बसपार्क, वडा नं। १२ विशङ्कु नारायण वडा कार्यालय, पुल, ERC (FM), कृणप्रसाद भट्टराई आश्रम, वडा कार्यालय १३, भलि पुच पार्टी प्यालेस हुँदै वडा १२ बुद्ध पोखरी हुँदै चापागाउँ प्रहरी चौकी बाट चापागाउँ पुरानो बसपार्कबाट गोदावरी नगरपालिकाको प्राङ्गणमा आएर दौड अन्त्य हुनेछ ।
उक्त प्रतियोगितामा सहभागी हुन हाफ म्याराथन ९२१ किमी अन्तरगत दर्ता शुल्क ७०० लाग्ने छ भने विद्यालय स्तरीय अन्तर्गत दर्ता शुल्क ५०० लाग्ने छ ।
यस्तै हाफ म्याराथन २१ कि।मी मा प्रथम हुनेलाई नगद १ लाख‚ दोस्रो हुनेलाई ७५ हजार, तेस्रोलाई ५० हजार, चौथोलाई ३० हजार, पाँचौँलाई २५ हजार, छैटौँलाई १५ हजार र सातौँलाई १० हजार रुपैयाँ प्रदान गरिने छ ।
विद्यालय दौड तर्फ भने प्रथम हुनेलाई ३५ हजार, दोस्रो हुनेलाई ३० हजार, तेस्रोलाई २५ हजार, चौथोलाई २० हजार, पाँचौँलाई १५ हजार, छैटौँलाई १० हजार र सातौँलाई ५ हजार प्रदान गरिनेछ ।