फोनिज कोरियाको तेस्रो अधिबेशन यही शनिबार

दक्षिण कोरिया

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरिया (फोनिज) को तेस्रो अधिबेशन यहि मार्च ११ मा हुने भएको छ । अधिबेशन शनिबार बेलुकी ८ बजे (नेपाली समय साझ ४:४५ बजे) गर्ने भएको हो ।

अधिबेशन भर्चुअल माध्यम जुमबाट गर्न लागेको आयोजक कमिटीले बताएको छ । दक्षिण कोरिया प्रवास शाखा  सन् २०१३ मा स्थापना भएको थियो । अधिबेशनमा फोनिज संघीय परिषद अतिथि र अन्य प्रवास फोनिजको प्रतिनिधिहरुले पनि सहभागी हुने भएकोले भर्चुअल माध्यमबाट गर्न लागेको अध्यक्ष गोकुल थोकरले बताए ।

फोनिज कोरियाको कमिटीले फोनिजकोरिया डट नेट अनलाइन मार्फत कोरियामा रहेको गतिविधि, समाचार, साहित्य र आदिवासी मुद्दाहरूलाई प्रकाशन गर्दै आइरहेको छ । आयोजकले अधिबेशनमा सहभागिताको लागि संघ-सस्था, ब्यक्ति, शुभचिन्तकलाई पत्रद्धारा निमन्त्रणा र सहभागीको लागि प्रचारप्रसार गरिरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका