छुट्टाछुट्टै स्थानबाट अवैध लागू औषधसहित तीन जना पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौं

झापा, भद्रपुर नगरपालिका-५ मेचीपुल छेउबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्राम र नगद ५ हजार ७५ रुपैयाँसहित इलाम चुलाचुली गाउँपालिका-१ बस्ने मञ्जु चापागाईँलाई शुक्रवार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी बिट मेचीपुल र सशस्त्र प्रहरी बलबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश नम्बर १-०१-०१३ प १९७३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-५ बन्तरीयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ४१ मिलिग्रामसहित सोही नगरपालिका-१० शिवनगर बस्ने २३ वर्षीय विवेक चौधरीलाई शुक्रवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले मैनाहाबाट भकुन्डातर्फ जाँदै गरेको सु।प।प्र।०१-०११ प ५००४ नम्बरको  स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटर चालक चौधरीलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

धादिङ, गल्छी गाउँपालिका-४ मासटारबाट अवैध लागूऔषध गाँजा करिब १० किलोग्रामसहित गजुरी गाउँपालिका-८ किरानचोक बस्ने वीरबहादुर तामाङलाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट आदमघाटबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषधसहित फेला पारी पक्राउ गरेको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका