लोकदोहोरी प्रतिष्ठान प्रथम

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
21 Shares
रसुवा

रसुवामा आयोजित लोकदोहोरी प्रतियोगितामा उतरगया गाउँपालिका वडा नम्बर ३ डाँडागाउँमा रहेको लोकदोहरि प्रतिष्ठान समूह प्रथम भएको छ ।

कालिका गाउँपालिका र उतरगया गाउँपालिका रसुवाको आयोजना र रेडियो लाङटाङको संयोजन विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजित प्रतियोगिता आजको आवश्यकता छोरी बुहारीलाई अनिवार्य उच्च शिक्षा भन्ने विषयको रहेको थियो ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा रसुवाको कालिका गाउँपालिकाको कालिकास्थानमा फागुन २४ गते प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगितामा डाँडागाउँको लोकदोहोरी प्रतिष्ठान रसुवाको समूह प्रथम भई १५ हजार सहित प्रमाणपत्र पाएको थियो । कालिका गाउँपालिका वडा नम्बर १ राम्चेको सेतीभुमे माध्यमिक विद्यालय दोस्रो भई १० हजार सहित प्रमाणपत्र हात पारे । त्यस्तै ५ हजार र प्रमाणपत्र सहित तृतीय  हुनेमा लालिगुराँस महिला बचत तथा ऋण सहकारी संस्था रहेको छ ।

सान्त्वना हुनेमा सुशीला तामाङ,मनिता न्यौपाने,सीता घिमिरे को समूह सान्त्वना भएका थिए ।

तपाईको प्रतिक्रिया