नेपाल अटोमोबाइल्स् एसोसिएसन (नासा नेपाल) र काठमाडौँ इन्जिनियरिङ कलेजको संयुक्त रूपमा नेपालमै पहिलो पटक आयोजना भइरहेको फर्मुला वान इन स्कुल्सको अभिमुखीकरण कार्यक्रम नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालय, हेटौँडामा गत ८ मार्चमा सम्पन्न भएको छ ।
कार्यक्रममा हाल ४० वटा देश सहभागी भइरहेका एफ वान इन स्कूल्सका गाडी र डेमो रेस प्रस्तुत भएको थियो भने एफ वान इन स्कूल्सका नेश्नल कोर्डिनेटर ई. सुयोग खनालले एफ वान इन स्कूल्सको अभिमुखीकरण दिएका थिए ।
यसै गरी काठमाडौँ इन्जिनियरिङ कलेजका उपप्राध्यापक ई. मञ्चन तिवारी एफ वान इन स्कूल्सको गाडी बनाउँदा प्रयोग हुने क्याड र क्याम र डिजाइन गर्दा लाग्ने एरोडाइन्यामिक फोर्सका बारेमा प्रस्तुतीकरण दिनुभएको थियो ।
कार्यक्रममा नवोदय स्कुलका निर्देशक अव्यक्त खनालले ५० जना विद्यार्थीको उत्साहजनक सहभागिता रहेको जनाउँदै र स्कुलको यस कार्यक्रममा पूर्ण साथ सहयोग रहने बताए ।
नासा नेपाल र काठमाडौँ इन्जिनियरिङ कलेजले संयुक्त रूपमा विद्यार्थी केन्द्रित स्कूल्स टु ट्रयाक, कार्टिङ कम्पिटिसन र इ स्पोटर्स् कार्यक्रमहरू आयोजना गदै छ ।