रसुवाको कालिका गाउँपालिका भित्रका छोरी बुहारीलाई निःशुल्क उच्च शिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने भएको छ ।
आर्थिक अभावका कारण उच्च शिक्षा लिन मन भएका तर बिचमा पढाइ छोड्न नपरोस् भन्नका लागि उनीहरूको शिक्षा को पहुँच पुराउने उद्देश्यले कालिका गाउँपालिकाले छात्रवृत्तिको कार्यक्रमको घोषणा गरेको हो ।
१ सय १३ औँ नारी दिवसको अवसरमा रेडियो लाङटाङले आयोजना गरेको जिल्ला स्तरीय लोकदोहोरी प्रतियोगिताको अवसरमा कालिका गाउँपालिकाका प्रवक्ता एवम् वडा नम्बर ५ का वडा अध्यक्ष सन्दीप पौडेलले उद्घोष गरे ।
फागुन २४ गते शिक्षा समितिको बैठकले करिब ३३ लाख विनियोजित बजेटबाट छोरी बुहारी छात्रवृत्ति कार्यक्रममार्फत कालिका गाउँपालिका क्षेत्रभित्रका छोरी बुहारीहरूलाई निःशुल्क उच्च शिक्षा प्रदान गरिनेछ ।
छात्रवृत्ति कार्यक्रमले बुहारी तथा छात्राहरूको प्रगति हुने र देश निर्माणमा महिलाहरूले पनि उतिकै योगदान गर्न सक्ने भएकाले छोरी,बुहारी छात्रवृत्ति कार्यक्रम ल्याइएको बताइएको छ ।
यस्तै कालिका हिमालयन क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्ने कालिका गाउँपालिकाका सबै बुहारीलाई मासिक २० हजार रुपैयाँको बुहारी छात्रवृत्ति कार्यक्रम लागू गरिनुको साथै उक्त क्याम्पस मा स्नातकोत्तर तहमा अध्ययन गर्ने १० जना छात्राहरूलाई समेत मासिक २० हजार को दरले छात्रवृत्ति प्रदान गरिने भएको छ ।
राजनैतिक प्रतिशोधको आधारमा नभई आर्थिक अवस्था कमजोर भएका छोरी बुहारीलाई छात्रवृत्ति प्रदान गरी यो छात्रवृत्ति लाई प्रभावकारी ता बारेमा अध्ययन गरी छनौट भएकालाई अध्ययन अवधि भर पालिका ले रकम प्रदान गरिने बताइएको छ ।