छ्योर्तेन टासी तामाङ गुम्बाको अधिवेसन सम्पन्न, अध्यक्षमा हरिबहादुर निर्वाचित

सबिता घिसिङ संवाददाता
756 Shares
काठमाडौं

छ्योर्तेन टासी तामाङ गुम्बाको तेस्रो अधिवेशनबाट अध्यक्षमा हरि बहादुर लामा निर्वाचित भएको छ । शनिवार गुम्बाको सभा हलमा भएको अधिवेशनबाट गुम्बाको राष्ट्रिय कार्यसमितिमा २९ जना र पदाधिकारीमा ९ जना चयन गरिएको हो ।

कार्यसमितिको सह- अध्यक्ष टुकुमान लामा, वरिष्ठ उपाध्यक्ष सिद्दिबज्र लामा, उपाध्यक्षद्वय पेम्बा र कुमारीमाया तामाङ, , महासचिव हिराबहादुर लामा, सचिव महावीर लामा र कोषाध्यक्ष सरस्वती लामा, सह कोषाध्यक्ष दीपक पाख्रिन र सदस्यहरूमा पूर्णसिद्दि लामा, कमला लामा, मिना तामाङ, युवराज लामा, लक्ष्मी लामा, खिल कुमारी लामा चयन गरिएको प्रमुख निर्वाचन अधिकृत शम्भु गोलेले जानकारी दिए।

यसै गरी राष्ट्रिय कार्य समितिका सदस्यहरूमा श्यामलाल लामा, बुद्ध योञ्जन लामा, बुद्ध सिद्धि लामा, तेजमान लामा, लम्बरी तामाङ, रत्नमाया लामा, सूर्य सागर लामा, सुक्मिता मोक्तान, विमला लामा, अणुका थिङ, मिश्री योञ्जन, हस्तबहादुर तामाङ, एनी लामा, ममिता लामा, साङ्गे लामा, रामबहादुर थोकर, चन्द्रकुमार तामाङ, हितमान तामाङ, श्यामकुमार वाइबा, कुन्साङ योञ्जन, वीरबहादुर घ्लान, गीता योञ्जन, दावादोर्जे लामा, रत्नमाया लामा, सेते लामा, लगायत चुनिएका छन्।

सल्लाहकार समितिमा प्रमुख सल्लाकार मानबहादुर लामा, सल्लाहकार गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का अध्यक्ष नवराज लामा, पूर्व राजदूत डा. गणेश योञ्जन र कार्साङ लामा गठन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं सङ्घीय सांसद सन्तोष चालिसेले गुम्बाको सबै संरचना बनाउन सबैको साथ र सहयोगले निर्माण भएको बताए । सांसद चालिसेले भने,‘अझै पनि विस्तृत रूप हुन बाँकी छ, पूर्ण रूप दिनका लागि सङ्घीय बजेटको व्यवस्थापन गर्नेछु ।’

यसै गरी प्रदेश सांसद विमल ठकुरी लगायतले प्रदेशबाट आउने बजेटबाट थप सहयोग गर्ने बताए ।

कार्यक्रममा गोकर्णेश्वरका उपमेयर सान्नानी लामाले तामाङहरूको धरोहर गुम्बाको व्यवस्थापन गर्ने स्थानीय सरकारबाट हुने सम्पूर्ण सहयोग गर्ने बताइन् ।

कार्यक्रममा अध्यक्ष मानबहादुर तामाङले आफ्नो कार्यकालभरि गरिएका गुम्बाका उपलब्धिमूलक कार्यविधि प्रस्तुत गरेका थिए ।

यसै गरी आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै अहिलेसम्म गुम्बा सञ्चालनमा भए गरेका आयव्यय प्रस्तुत गरेका छन् ।

अधिवेशनको सञ्चालन महासचिव पेम्बा गोलेले गरेका थिए भने हिमानी ट्रस्ट अमेरिकाका आनन्द लामा र खण्डोमा आमा समूहका मिना लामाले स्वागत गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका