‘ए साथी सुन’ जेठ ५ गतेबाट प्रदर्शन हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
49 Shares
काठमाडौं

अभिनेत्री वर्षा सिवाकोटी र डेव्यु अभिनेता रमेश बानियाँ अभिनय रहेको सिनेमा ‘ए साथी सुन’ को थ्रिलर टिजर सार्वजनिक गरिएको छ ।

टिजर रिलिजसँगै निर्माण पक्षले सिनेमाको रिलिज पोस्टपोन्ड भएको जानकारी दिए ।

यसअघि चैत्र १० गतेबाट प्रदर्शनमा आउने भनिएको चलचित्र प्राविधिक काम नसकिएकाले सिनेमाको प्रचारप्रसार पनि गर्न नभ्याएको भन्दै निर्माण टिमले रिलिज सार्नु परेको जानकारी दिएको छ । अब सिनेमा नयाँ २०८० जेठ ५ गतेबाट प्रदर्शनमा आउनेछ ।

लभ स्टोरी, थ्रीलर र कमेडी जानराको सिनेमामा आयन खड्का, सुशील पोखरेल, जयनन्द लामा, रमेश अधिकारी, विमला गिरी लगायतको अभिनय छ । कृष्मा खड्का र इभान सन्जेल पनि बाल कलाकारको भूमिकामा सिनेमामा अभिनय गरेका छन् । ‘ए साथी सुन’ जयनन्द लामा अभिनीत अन्तिम सिनेमा समेत हो ।

राम राघव आचार्यको लेखन तथा निर्देशन रहेको सिनेमालाई बिना कार्की र सन्तोषकुमार राईले मिलेर निर्माण गरेका हुन् । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भएको सिनेमाको सह निर्मातामा सुदीप पौडेल छन् । सिनेमालाई आरआर फिल्म्सले वितरण गर्न लागेको हो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका