फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ आगामी नयाँ वर्षको जेठ १२ गते रिलिज हुने भएको छ । यसअघि यो फिल्म आजकै दिन अर्थात् चैत ३ गते रिलिजको तयारीमा थियो । तर प्राविधिक काम नसकिएकाले फिल्मले प्रदर्शन मिति सारेको हो । स्पाइनी ब्याब्लर क्रिएसनले ह्यासट्याग नेपालसँग सहकार्य गर्दै निर्माण गरेको फिल्ममा शम्भु थापाको निर्देशन छ ।
फिल्ममा प्रमीला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय छ ।
फिल्ममा प्रयत्न श्रेष्ठको शब्द र सङ्गीत, प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर, सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान् पौडेलको पटकथा, विष्णुप्रसाद बास्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाको छायांंकन छ ।
त्यस्तै फिल्ममा श्याम लामाको शृङ्गार, भीम श्रेष्ठको भेषभुषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायाङ्कन, भूपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी म्यानेजमेन्ट, भूपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान् पौडेल (मिठो कम्पन)को मुख्य सहायक निर्देशन, सञ्जीव शाहको पार्श्व ध्वनि, उत्तम न्यौपाने (CAS)को ध्वनि मिश्रण छ ।
रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता छन् । फिल्मको वितरण उपत्यकामा स्टेसन फाइभ र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछन् ।