अन्तर्राष्ट्रिय तामाङ परिषद्को पाँचौँ सम्मेलन बैंककमा हुने

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
231 Shares
काठमाडौं

अन्तर्राष्ट्रिय तामाङ परिषद् आइटिसीको पाँचौँ सम्मेलन आगामी २०८० जेठ २०-२१ अर्थात् सन् २०२३ जुन ३ र ४ मा हुने भएको छ।

शुक्रवार प्रेस विज्ञप्तिमार्फत जानकारी दिँदै थाइल्यान्डको पर्यटकीय सहर बैंककमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

परिषद्का सचिव मोहन गोलेले २०२२ मार्च ८ तारिखका दिन अध्यक्ष के.एम. तितुङको अध्यक्षतामा नेपालको पूर्वी जिल्ला झापाको काँकडभिट्टामा बसेको छैठौ सचिवालय बैठकले निर्णय गरेको जानकारी दिए ।

बैठकले परिषद्को चौथो सम्मेलनबाट निर्वाचित मौजुदा कार्यसमितिलाई बैठकले अध्यक्ष के.एम. तितुङको संयोजकत्वमा पाँचौँ सम्मेलन मूल आयोजक समितिमा रूपान्तरण गर्ने घोषणा गरेको छ ।

‘परिषद्को पाँचौँ सम्मेलन भव्य र सभ्य ढङ्गबाट सम्पन्न गर्नका लागि मूल व्यवस्थापनको जिम्मेवारी तामाङ समाज थाइल्यान्ड र तामाङ समाज म्यानमार (बर्मा) लाई दिइएको छ‚’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

परिषद्को पाँचौँ सम्मेलनबाट संसारभर रहेका तामाङ जातिको एकतालाई सांस्कृतिक, सामाजिक, राजनीतिक, आर्थिक रूपमा जोड्दै नीति र नेतृत्व चयनका लागि सम्मेलन व्यवस्थापन समिति, विधान मस्यौदा समिति, साङ्गठनिक तथा आर्थिक समिति, सांस्कृतिक पुनर्स्थापना कार्य योजना समिति, समसामयिक प्रस्ताव समिति गठन गर्नुका साथै अध्यक्ष मण्डल र निर्वाचन मण्डल समेत गठन गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया