रसुवाको सदरमुकाम धुन्चेमा ३ दिने जिल्ला स्तरीय निःशुल्क योग विज्ञान शिविर चैत ५ गते सम्पन्न भएको छ ।
हाईल्याण्ड आवासीय मावि र आकियास रसुवाको सहयोगमा पतञ्जलि योग समिति रसुवाको आयोजनामा चैत ३ गते देखि ५ गते सम्म हाईल्याण्ड आवासीय माविको सभा हलमा भएको थियो ।
शिक्षक, विद्यार्थी, अभिभावक, कर्मचारी, सुरक्षाकर्मी, कर्मचारीहरूको उपस्थिति रहेको शिविरमा महिला पतञ्जलि योग समिति नेपालको तत्त्वावधानमा बिहान ५:३० देखि ७:३० बजे सम्म प्रशिक्षक पुज्या साध्वी देवा दितिबाट ३ दिनसम्म योग अभ्यास सञ्चालन गरिएको हो ।
योग गर्नाले धेरै रोग हरू कम हुने शरीर स्वास्थ्य रहने हुँदा अल्छी नगरी योगा गर्न जरुरी भएको बताइएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1