रसुवा जिल्ला भित्र रहेका किसान हरूको हकहित का लागि चैत ५ गते कालिकास्थान मा भएको प्रथम भेलाबाट संयोजकमा खिलनाथ पौडेल चयन भएको छ ।
सहर संयोजकमा विश्वकुमार घले,सचिव मा सलिना पौडेल,सहसचिव मा ढेजु घले,कोषाध्यक्षमा खेमराज न्यौपाने,सदस्य हरूमा दिलमाया लमिनी,टङ्कप्रसाद न्यौपाने,ल्हाकुग्याल्मो घले, टंकलबहादुर नगरकोटी,भवनाथ पौडेल फुर्पु ग्याल्मो घले,डोल्मा याङजेन तामाङ,गोमप्रसाद न्यौपाने,तिर्थराज पौडेल,भुवनेश्वरी लामिछाने रहेका छन् ।
अखिल नेपाल किसान महासंघ नेपाल कम्युनिस्ट पार्टी एमाले निकट भातृ सङ्गठनभित्र को रहेको बताइएको छ ।
हालसालै गठन भएको अखिल नेपाल किसान महासंघले विशुद्ध किसानहरूको हकहितमा अोकालत गर्ने बताएका छन् ।