नेपालको सबैभन्दा ठुलो कर्पोरेट समूहमध्ये एक रमेश कर्पोरेसनले आफ्नो तेस्रो संस्थापक दिवस कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमको साथ अनाथालयमा मनाएको छ । विगतमा आन्तरिक कर्पोरेट कार्यक्रमहरूको साथ १८ मार्चमा मनाउँदै आइरहेको संस्थापक दिवस यस वर्ष काठमाडौँको नक्सालस्थित बाल मन्दिर अनाथालयमा कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम आयोजना गरी विशिष्ट र प्रभावकारी ढङ्गले मनाएका छन् । समाजको लागि पुनः योगदानमा बलियो दृष्टिकोण राख्ने रमेश कर्पोरेसनका संस्थापक रमेश गुप्ताको सम्झनामा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा रमेश कर्पका सदस्यहरूले अनाथालयमा विभिन्न रमाइला गतिविधिहरूको आयोजना गरी बालबालिकासँग समय बिताउनुका साथै खाना र स्टेशनरी जस्ता आवश्यक वस्तुहरू वितरण गरेका थिए । रमेश कर्पको यो कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति कम्पनीको प्रतिबद्धताले समाजमा सकारात्मक प्रभाव पार्ने आफ्नो मूल्यमान्यता र समर्पणलाई झल्काउँछ ।
रमेश कर्पोरेसनका सदस्यहरूले अनाथ आश्रममा भेला भई बालबालिकाहरू बिच चित्रकला प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक क्रियाकलापहरू सञ्चालन गरेका थिए । बालबालिकाको मुहारमा खुसी, मुस्कान ल्याउन र उनीहरूको जीवनमा प्रभाव पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । यस उत्कृष्ट कार्यको लागि कृतज्ञताका साथ सदस्यहरूले बालबालिकालाई एक महिनाको खाना र अन्य अत्यावश्यक खाद्यान्न पनि प्रदान गरेका थिए ।
कार्यक्रमको बारेमा बोल्दै रमेश कर्पोरेसनका उपाध्यक्ष सुशील गुप्ताले भने, ‘आज रमेश कर्पोरेसनको तेस्रो संस्थापक दिवस र यो दिन हाम्रो लागि विशेष छ किनकि हामीले हाम्रा संस्थापक स्वर्गीय रमेश गुप्ता र उनको दर्शनलाई सम्झने र यस्ता कार्यहरूमार्फत समुदायमा पुनः योगदान गर्ने अवसर पाइरहेका छौँ । बालबालिकाको भलाइको लागि योगदान गर्ने अवसरको लागि हामी आभारी छौँ ।’
समग्रमा, सामाजिक उत्तरदायित्वप्रतिको हाम्रो समर्पण र त्यसको इच्छाशक्तिलाई यो लक्ष्य प्राप्ति तर्फको एउटा सानो कदमको रूपमा हेरेका छौँ‚ उनले भने ।
रमेश कर्पोरेसनका उपाध्यक्ष रोहित गुप्ताले थपे, ‘हाम्रो संस्थापक दिवस विशेष अवसर हो किनभने हामीले हाम्रा संस्थापक श्री रमेश गुप्ताको मूल्यमान्यता र दृष्टिकोणलाई सम्झन्छौँ । हामी समाजको लागि पुनः योगदानमा विश्वास गर्छौँ, र त्यो लक्ष्य हासिल गर्नको लागि यो कार्यक्रम एउटा सानो कदम मात्र हो । हामीलाई यस बाल मन्दिर अनाथालयका बच्चाहरूसँग समय बिताउन र उनीहरूको कल्याणमा योगदान गर्ने मौका दिनु भएकोमा हामी धेरै आभारी छौँ ।’
रमेश कर्पोरेसनले आयोजना गरेको सिआरएस कार्यक्रम उनीहरूको सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताको प्रमाण हो । शिक्षा, स्वास्थ्य सेवा र वातावरण संरक्षण जस्ता विभिन्न पहलहरू मार्फत समाजको हितमा योगदान पुर्याउन कम्पनी सधैँ अगाडि रहँदै आएको छ ।
रमेश कर्प
रमेश कर्प नेपालको एक वहुआयामिक ठुला निजी उद्योग तथा व्यापारिक समूह मध्य एक हो जसले “फरवार्ड टुगेदर” को मूल दर्शनलाई बाँधी राखेको छ । ५० वर्ष पहिले हार्डवेयर व्यापार व्यवसायको रूपमा स्थापना भएको रमेश कर्पोरेसन, आज हरेक क्षेत्रमा आफूलाई सशक्त बनाएको छ । उत्पादन, वित्तीय सेवा, घरजग्गा, उपभोक्ता टिकाउ, जलविद्युत, खानी र लगानी जस्ता उद्योगहरूको विस्तृत शृङ्खलामा यसको बलियो उपस्थिति छ । हाम्रा अध्यक्ष इमेरिटस स्वर्गीय रमेश गुप्ताको दृष्टिकोणबाट प्रेरित भएर, कम्पनीले आफ्ना सबै व्यावसायिक अभ्यासहरूमा “फरवार्ड टुगेदर” को मूल दर्शनलाई सम्मिलित गरेको छ । आफ्ना सबै व्यावसायिक अभ्यासहरूमा मूल दर्शनलाई आत्मसात् गर्दै आफ्ना ग्राहकहरू, कर्मचारीहरू, लगानीकर्ताहरू, इकोसिस्टम साझेदारहरू साथै सम्पूर्ण राष्ट्रको जीवनलाई सशक्त र समृद्ध बनाउने आकाङ्क्षा राखेको छ ।