खैरेनीघाटदेखि सैलुङसम्मको सडक कालोपत्र हुँदै

सैलुङअनलाइन संम्वाददाता
0 Shares
सैलुङ, दोलखा

रामेछापको खैरेनीघाटबाट सैलुङ जोड्ने सडक कालोपत्रे हुने भएको छ । प्रदेश नं. ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलको पहलमा बजेट विनियोजना भएपछि सडक कालोपत्रे काम अघि बढेको हो ।

पर्यटकीय सडक निर्माणको सोच सहित मन्त्री ढुङ्गेलकै पहलमा खैरेनीघाट-राकाथुम-दोरम्बा हुँदै सैलुङ पुग्ने करिब ३० किलोमिटर सडकका लागि यस आर्थिक वर्षमा ३ नं. प्रदेश सरकारले २ कारोड बजेट विनियोजन गरेका छ ।

निर्वाचनमा गरेको प्रतिबद्धता पूरा गर्न लागिपरेको बताउँदै मन्त्री ढुंगेलले भने, ‘खैरेनीघाट–सैलुङ सडकलाई पर्यटकीय सडकको रुपमा विकास गर्ने लक्ष्यका साथ काम अघि बढेको छ । यस वर्ष सडकका लागि २ करोड बजेट विनियोजना भएको छ ।’ बहुबर्षिय ठेक्का प्रक्रिया अन्तर्गत निर्माण हुन लागेको सडकका लागि आगामी वर्षदेखि बजेट बढाउँदै लैजाने मन्त्री ढुंगेलले बताए ।

मन्त्री ढुंगेलले निर्वाचनको क्रममा रामेछापवासीसँग उक्त सडक कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
राजधानी काठमाडौंबाट सैलुङ जोडने छोटो दुरी मानिएको सडक कालोपत्रे गर्नका लागि प्राविधिक अध्ययन समेत सम्पन्न भइसकेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका