अलविदा ! दीपेन्द्र दोङ

पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
658 Shares
ललितपुर

लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील पत्रकार दीपेन्द्र दोङको निधन भएको छ ।

ब्रेन ह्याम्रेजका कारण ललितपुरको मेडासिटी अस्पतालमा उपचाररत दोङको शनिवार अपराह्न निधन भएको पारिवारिक स्रोतले जानकारी दिए ।

फागुन २८ गते बिहान ब्रेन स्ट्रोकका कारण घरमै बेहोस भएपछि तत्काल उपचारका लागि चाबहिलस्थित दीर्घायू अस्पतालमा पुर्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि ललितपुरस्थित मेडसिटी अस्पताल पुर्याई उपचार गरिरहेका थिए ।

पत्रकार दोङ रेडियो जनता ८९.१ का स्टेसन म्यानेजर‚ जनतासमाचार डटकमका ग्रुप एडिटर र पछिल्लो समय मध्यान्ह दैनिकका कार्यकारी अधिकृतको रूपमा समेत कार्यरत थियो ।

उनको निधनले नेपाली पत्रकारिता क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।

उनको पर्थिब शरीरलाई तामाङ गुम्बा बौद्धमा राखिने पारिवारिक स्रोतले जानकारी दिए ।

दोङ तामाङ चलचित्र क्षेत्रको बरिष्ठ गीतकार, लेखक, निर्देशक हुन् । स्व दोङले वि.सं २०५७ सालमा तामाङ भाषाको फिल्म ‘मयुङ बुरिङ’ निर्देशन गरेका थिए भने उनको त्यो फिल्म निकै चर्चित छन् । त्यस्तै उनी नेपाली पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल (इन्जा) को एसियाका महासचिव, नेपाल तामाङ कलाकार संघका संस्थापक सचिव लगायत विभिन्न संघसंस्थामा आबद्व थिए ।

यसैगरी उनका श्रीमती, एक छोरा र एक छोरी छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया