कालिञ्चोक केवलकारले ‘बेष्ट टुरिजम डेस्टिनेशन अवार्ड’ प्राप्त गरेको छ । शुक्रबार काठमाडौंमा विश्व पर्यटन दिवसको अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनवहादुर बुढाले कम्पनीका सञ्चालक बालकृष्ण शिवाकोटीलाई अवार्ड हस्तान्तरण गरेका हुन् ।
पर्यटन व्यवसायमार्फत देशलाई योगदान दिएका कम्पनीहरुलाई पुरस्कृत गरेका हुन् ।
मुलुककै तेस्रो केवलकारको रुपमा गतबर्षबाट दोलखाको कालिञ्चोकमा केवलकार संचालनमा आएको हो । धार्मिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूर्ण मानिने कालिञ्चोकमा बार्षिक रुपमा हजारौ पर्यटकहरु त्यहाँ जाने गरेका छन् ।
यसैगरी हवाई सेवा कम्पनीका रुपमा कतार एयरवेज, बढी विदेशी मुद्रा आर्जन गर्ने ट्राभल एजेन्सीका रुपमा फ्लाइट कनेक्सन डमेस्टिक प्रालिलाई पुरस्कृत गरिएको छ । होटल क्षेत्रमा सोल्टी होटेल लिमिटेड र निजी क्षेत्रबाट अपांगता भएका व्यक्तिलाई सक्षम बनाई रोजगारी दिने द बेकरी क्याफे प्रालिलाई सम्मान गरेका हुन् ।
सामाजिक उत्तरदायित्व निर्वाह फिस्टेल लज पोखरा, निजी क्षेत्रको पर्यटन सम्बन्ध व्यवसायमा संलग्न निकाय तथा कम्पनीमध्ये धेरै राजस्व दाखिला गर्ने बुद्ध एयर, सामुदायिक होमस्टे नाम्जेथुम्की सामुदायिक होमस्टे धनकुटा, पर्वतारोहण क्षेत्रमा सेभेन समिट ट्रेक्स प्रालि रहेको छ ।