कालिन्चोक कुरी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
224 Shares
दोलखा
तस्विर : कुमार थोकर

कालिन्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो। सदरमुकाम चरिकोटबाट करिब १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाइमा छ। कालिन्चोक भगवती काभ्रेको पलान्चोक भगवती, काठमाडौँको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ। कालिन्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिम शृङ्खला र मनोरम प्राकृतिक दृश्यहरूको अवलोकन गर्न सकिन्छ। जनैपुर्णीमा, दसैँ, चैते दसैँमा भक्तजनको भिड लाग्ने गर्दछ।

कालिन्चोक हिन्दुहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो। चरिकोटदेखि करिब १७ किलोमिटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटर बाटो बनेको छ। जुन बाटोमा जिप गाडी र मोटरसाइकल चलाउन सकिन्छ। सुख्खा याममा यदाकदा मिनिबस पनि चलाउन सकिन्छ। यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन। कुरी बजारदेखि उकालो करिब १ घण्टा पैदल यात्रा गरी कालिन्चोक भगवती स्थानमा पुग्न सकिन्छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका