तामाङ सोसाइटी अफ अमेरिकाको ११ ‍औँ अधिवेशन सम्पन्न

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
217 Shares
अमेरिका

तामाङ सोसाइटी अफ अमेरिकाको ११ ‍औँ अधिवेशन सम्पन्न भएको छ । शनिवार न्यूयोर्कमा भएको अधिवेशनबाट २०२३ देखि २०२५ सम्मको कार्यकालको लागि अध्यक्षमा बुद्धिमान तामाङ चुनिएका हुन् ।

अधिवेशनबाट कार्यसमितिको रूपमा वरिष्ठ उपाध्यक्षमा चिना लामा, उपाध्यक्ष तुलबहादुर तामाङ र महिला उपाध्यक्षमा आरती लामा, महासचिवमा शमशेर योन्जन, सचिवमा भीम स्याङतन र कोषाध्यक्षमा सेन्तुन लामा चयन गरिएको जानकारी निर्वाचन प्रमुख भरत मोक्तान तामाङले दिए।

त्यस्तै सदस्यहरूमा तीर्थ राज लामा, विष्णु तामाङ र निरा माया लामा चुनिएका हुन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका